District member of ANNFSU Revolutionary (a student union close to CPN), Bimala Aale, has been arrested on November 20 for her alleged involvement in anti-election activities.
Aale was arrested from Bharletaar chowk in Damauli.
Similarly, Dambar Bahadur BK was arrested a few days prior and Naresh BK was arrested on November 19 for their involvement in anti-election activities.
इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीकी जिल्ला सदस्य विमला आलेलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।
आलेलाई मङ्सिर ४ गते दमौलीको भार्लेटार चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई मनोज पाण्डेले जानकारी दिए ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा केही दिन अघि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बरबहादुर बिक र मङसिर ३ गते नरेश बिकलाई प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव गोकुल पराजुलीले बताए ।