Incident Reports

Woman Thrashed by Husband, Co-Wife

2013-07-04

Saptari/July 6 Chandra Kala Devi Mandal, 28, of Simraha Signyaun VDC-8 has been beaten up by her husband Rambharosh and his second wife Chanan Devi Mandal around 11 pm on July 4 as she was sleeping at home. The couple punched her, kicked her and used baton to beaten her up. She has sustained eye injuries and bruises all over her body. Chandra Kala said that she was targeted because they were angry after she filed a court case demanding montly maintenance amount from him. She was beaten up and forced out of her house by Rambharosh and Chanan Devi on June 22. She had opened a tea-shop for living in Rajbiraj Municipality-7 after that incident. The accused took her back to home on July 4 saying they would like to manage her shelter at home. Manohar Kumar Pokhare सप्तरी । ०७० असार २२ गते सिम्राहा सिंग्यौन गाविस ८ की २८ वर्षीया चन्द्रकलादेवी मण्डललाई घरायसी विवादमा उनका पति रामभरोस मण्डल र सौता चननदेवी मण्डलले असार २० गते राति ११ बजे सुतेका बेला लात, मुक्का र लाठीले कुटपिट गरी घाइते बनाएका छन् । चन्द्रकलाले जिल्ला अदालत सप्तरीमा पतिविरुद्ध मानाचामल मुद्दा दायर गरेको रिसमा पति र सौताले कुटपिट गरेको घाइते चन्द्रकलादेवीले बताइन् । कुटपिटबाट चोट लागेर उनको बायाँ आँखा सुन्निएको छ भने शरीरको विभिन्न भागमा निलडाम लागेको छ । यसअघि असार ८ गते पीडित चन्द्रकलालाई उनका पतिले कुटपिट गरी घरनिकाला गरेपछि उनी राजविराज नपा ७ स्थित सखडा मोडमा चिया पसल खोलेर जीवन यापन गर्दै आएकी थिइन् । चन्द्रकलालाई घरमै बस्ने वातावरण मिलाउँछु भन्दै राजविराजबाट लगेपछि असार २० गते राति पति र सौताले कुटपिट गरेको उनले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis