Incident Reports

One murdered, two arrested

2017-11-18

Madhes, Dhanusha, Mithila, Ward 2

Two people have been arrested on a charge of murdering their own friend. 18-year-old Pradip Kumar Thakur, a resident of Dhanusha Mithila Metropolitan city was murdered by 32-year-old Birendra Thakur, 22-year-old Manoj Kumar Mahara and 22 years old Sunil Kumar Thakur. Sunil Kumar Thakur is on the run where are other two perpetrators have been arrested by the police. The dead body of Pradip was found on Sunday in Dhalkebar, 5 km away from the highway. His friends had strangled him to death over a financial dispute, police added. आफ्नो साथीको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजका १८ वर्षीय प्रदिपकुमार ठाकुरको हत्यामा संलग्न भएको आरोपमा ठाकुरका दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदिपका छिमेक साथी मिथिला नगरपालिका–२ बस्ने ३२ वर्षका वीरेन्द्र ठाकुर र २२ वर्षका मनोजकुमार महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अन्य संलग्न एक अभियुक्त २२ वर्षका सुनिल कुमार ठाकुर फरार रहेको जनाएको छ । गत आइतबार विहान प्रदीपको शव पूर्व पश्चिम राजमार्गको ढल्केवरबाट झण्डै ५ किलोमिटर पूर्व हरिहरपुर लालभित्ती प्रतिक्षालयको छेउमा हत्या गरेर फालेको अवस्थामा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट प्रदीपको हत्या उनकै साथीहरुले गरेको खुलेको जनाएको छ । यसरी भएको थियो प्रदीपको हत्या प्रदीप सिन्धुलीमा सैलुनमा काम गर्दै आएका थिए । विदेश जानलाई घर आएर चाँजोपाँजो मिलाउन उनी घर आएका थिए । हत्या आरोपमा पक्राउ परेका मुख्य अभियुक्त वीरेन्द्र यादव एजेण्टको काम गरिरहेकाले प्रदीपलाई विदेश पठाउन केहि दिन अघि एक कम्पनीमा कामको लागि जान अन्तर्वार्ता पनि दिएका थिए । अन्तर्वाता पास गराई दिन्छु भनि वीरेन्द्रले प्रदीपसँग १० हजार रुपैयाँ मागेका थिए । वीरेन्द्रले प्रदीपलाई विदेश पठाउन ८० हजार रुपैयाँमा कुरा गरेका थिए । गत शनिबार प्रदीपले अन्तर्वार्ता पास गराएको भनि वीरेन्द्रले मागेको १० हजार रुपैयाँ वुबासँग लिएर घरबाट निस्केका थिए । वीरेन्द्र कहाँ जाँदा प्रदीपलाई उनले १० हजार रुपैयाँ छोडीदिन्छु भनेका थिए । साथीहरुसँग घुलमिल हुँदै जाँदा ख्याल ख्यालमै वीरेन्द्र र मनोजले प्रदीपको घाँटी एकचोटी गम्छाले जोडले कसी दिएका थिए । त्यसपछि कसैलाई नभन्नु भनेर प्रदीपसँग उनीहरुले सपत खुवाएका थिए । तर पछि पुनः प्रदीपले कसैलाई भनिदेलाकी भनेर उनका साथीहरुले ढल्केवर जनकपुर सडकखण्डको ढल्केवरभन्दा झण्डै २ किलोमिटर तल एउटा मन्दिर नजिक राति १० बजे प्रदीपको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । त्यसपछि प्रदीपको शवलाई सडक दुर्घटनामा मरेको हो भनि पुष्टि गर्न त्यहाँबाट राति नै ना ४४ प ८८३१ नम्बरको मोटरसाइकलमा लगेर हरिहरपुर लालभित्तीको प्रतिक्षालय नजिक लगेर सडकमा फालेका थिए । गाडीले नकुल्चे पछि पुनः उनीहरुले प्रदीपको लासलाई सडक छेउमा फालेर भागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको भन्दै पक्राउ परेको आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुको साथबाट एउटा घटनामा प्रयोग भएको मोटरसाइकल र दुई वटा मोवाइल बरामद गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments