Incident Reports

Priest Arrested On Attempt to Rape Charge

2013-07-06

Tehrathum/July 6 Police have arrested Dhruba Gautam, 51, the priest of Krishna Pranami Orphanage and Old Age Home on July 6 on charge of trying to rape a 3-year-old girl a day earlier. He was arrested after the locals complained to the police after learning about his attempt to rape her after alluring her to the Orphanage. Hailing from Chandranigahpur in Rautahat, Gautam was working as the priest for the past five years. District Police Office said that Gautam was held in the custody and that the investigation was going on. Gautam has also sustained injuries when beaten by the angry locals. He was treated at the District Hospital. Chhatra Rimal तेह्रथुम । ०७० असार २२ गते एक नाबालिकालाई असार २१ गते बिहान जबरजस्ती करणी गर्न खोजेको आरोपमा कृष्ण प्रणामी अनाथ बाल तथा वृद्धाश्रम म्याङलुङका पुजारी ५१ वर्षीय ध्रुव गौतमलाई प्रहरीले असार २२ गते पक्राउ गरेको छ । ती तीन वर्षीया नाबालिकालाई ललाईफकाई आश्रममा ल्याएर जबरजस्ती करणी गर्न खोजेको थाहा पाएपछि स्थानीयको उजुरीको आधारमा गौतमलाई प्रहरीले पक्राउ गरेको हो । रौतहट जिल्ला चन्द्रानिगाहपुर घर भएका गौतम पाँच वर्षेखि आश्रममा पुजारीको रुपमा काम गर्दै आएका थिए । नाबालिकालाई जबरजस्ती करणी गर्न खोज्ने गौतमलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमद्वारा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । नाबालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्दै आक्रोशित स्थानीयबासीको कुटाइबाट गौतम घाइते भएका छन् । घाइते गौतमलाई जिल्ला अस्पताल तेह्रथुममा उपचारपछि प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis