According to Salyan District representative Meena Budathoki police have arrested three cadres of NCP on charge of anti-election activities.
The arrested were 46 years old Jung Bahadur Chand of Kumakhmalika-7, 53 year old Sahabir Nepali and 37 years old Khum Bahadur Oli according to police source.
All of them were arrested on charge of operating anti-election activities in the district according to DSP Bharat Kumar B.K.
इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सल्यान कुमाखमालिका-७ जिमालीका ४६ वर्षीय जङ्गबहादुर चन्द, कुमाखमालिका-६ बडागाउँका ५३ वर्षीय सहविर नेपाली र बागचौर-३ का ३७ वर्षीय खुमबहादुर वलीललाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
चुनाव विरोधी गतिविधि गरेकाले उनीहरूलाई गिरफ्तार गरिएको डिएसपी भरतकुमार बिकले जानकारी दिए । यसअघि मङ्सिर ३ गते कम्युनिष्ट पार्टीका धनबहादुर विष्टलाई गिरफ्तार गरेको डिएसपी बिकले बताए ।