Incident Reports

वीरगञ्जमा दाइको कुटाइबाट भाइको मृत्यु

2017-11-22

Madhes, Parsa, Birgunj, Ward 2

वीरगञ्जमा दाईको कुटाइबाट भाइको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका छपकैया–२ निवासी ३५ वर्षीय मकबुल मियाँको बुधबार उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो दाजु–भाईबीच झगडा हुँदा दाजु ४० बर्षिय अरसुल मियाँले ईट्टाले हान्दा भाइ मकबुलको टाउकोमा चोट लागेको थियो । मकबुलको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि वीरगञ्ज हेल्थ केयर लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । मकबुलको उपचारको क्रममा बुधबार बिहान साढे २ बजे नै मृत्यु भएको अस्पतालले जनाएको छ । स्थानीयका अनुसार भाइ मकबुलको मानसिक सन्तुलन कमजोर थियो । पर्सा प्रहरीले अनुसन्धानका लागि अरसुललाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports