Incident Reports

FIR Filed Against Teacher For Thrashing Student

2013-07-05

Nepalgunj/July 5 An FIR has been filed against Aradhana Rana, the teacher at Verizon English Boarding School, Hirminiya on charge of beating the student which resulted in the loss of his eyesight. The FIR was filed jointly by INSEC, CWIN Nepal Helpline, Advocacy Forum, Banke UNESCO Club and HimRights invoking the legal provisions of loss of organs in physical assaults. A student of Nursery, Ajay Dhobi, 8, has lost his sight in left eye when the book used by Rana to him hit his eye. Rana was angry that Dhobi was making noise in the class-room on June 23. The boy received first aid at Phattewal Eye Hospital in Nepalgunj. He is currently undergoing treatment at Tilganga Eye Hospital, Kathmandu after the organizations including INSEC, CWIN Child Helpline, Banke UNESCO Club and Base managed to collect fund for his treatment. INSEC Mid-Western Regional Office नेपालगञ्ज । ०७० असार २१ गते एक विद्यार्थीको आँखाको ज्योती गुम्ने गरी पिटेको आरोपमा भेरी जोन अंग्रेजी बोर्डिङ्ग स्कुल हिर्मिनियाकी शिक्षिका आराधना रानाका विरूद्व असार २१ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । शिक्षिका रानाका विरूद्व सिविन नेपाल-बालहेल्प लाइन, इन्सेक, एडभोकेसी फोरम, बाँके युनेस्को क्लव र हिमराईट्सले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय बाँकेमा अङ्गभङ्गको मुद्दा दर्ता गराएका हुन् । जाहेरवालाहरूले शिक्षिकाको कुटपिटबाट ८ वर्षीय अजय धोबीको देब्रे आँखा पूर्ण रूपमा देख्न नसक्ने भएको भन्दै आरोपितलाई मुलुकी ऐन कुटपिटको महल बमोजिम हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् । उक्त विद्यालयको नर्सरी कक्षामा अध्ययनरत धोबीलाई गृहकार्य दिने क्रममा हल्ला गरेको भन्दै शिक्षिका रानाले असार ९ गते कितावले हिर्काउँदा बालकको देव्रे आँखाको ज्योती गुमेको थियो । उनको प्राथमिक उपचार नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालमा भएको थियो । आरोपित शिक्षिकालाई प्रहरीले असार २० गते गिरफ्तारी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रेमबहादुर बस्नेतले जानकारी दिए । इन्सेक, सिविन बाल-हेल्पलाइन, बाँके युनेस्को क्लब, बेस लगाएतका संस्थाहरूको सहयोगबाट घाइते बालकको थप उपचार काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा भइरहेको छ । इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालय, नेपालगञ्ज

0 Comments