Incident Reports

Investigation of Yadav's case starts

2017-11-19

Madhes, Siraha, Lahan

Traffic police officers from the Lahan District Traffic Office thrashed Mr. Dhananjaya Yadav for failing to stop his motorcycle near them. Yadav was beaten for nearly 30 minutes. This incident is indicative of the increasing police highhandedness in Nepal’s Tarai region recently. Terai Human Rights Defenders Alliance (THRDA) and Asian Human Rights Commission (AHRC), request you all to send an appeal letter to the government authorities of Nepal to ensure justice in this case. सिरहाको लहानस्थित प्रहरीहरुले फिल्मी शैलिमा एक जना युवकलाई आइतबार बिहान कुटपिट गरेको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । लहान नगरपालिका ८ बस्ने युवक धनन्जय यादवलाई प्रहरीहरुले कुटपिट गरेको घटना नयाँ पत्रिकाले प्रकाशन गरेपछि आयोगले घटनाबारेको अनुसन्धान थालेको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका अनुसन्धान अधिकृत दिप यादव घटनाका सम्बन्धित पक्षसँग बयान लिने काम गरेको छ । प्रहरीको कुटपिटबाट घाइते भई पोलिक्लिनिकमा उपचारर्थ यादवसँग अधिकृत यादवले घटनाबारे सोधपुछ गरेको छ । लहानस्थित लिलामदन पोलिक्लिनिकमा उपचार गराईरहेका यादवले आफू अस्पतालको कामले अस्पतालतर्फ आइरहेको बेला एक्कासी अगाडि आएर ट्राफिक प्रहरीले रोक्न लगाई कुटपिट गरेको बताए । उनले भने, ‘विहान ८ बजे तिर मोटरसाइकल लिएर पूर्वबाट पश्चिम तर्फ जादै थिए । लहान स्थित ट्राफिक प्रहरी कार्यालय अगाडि डियुटीमा रहेको एक जना ट्राफिक प्रहरीले एक्कासी गाडी रोक्न लगाए । गाडीमा ब्रेक लगाउदा उनी भएको ठाउभन्दा केही अगाडि रोकियो । त्यसपछि ट्राफिक प्रहरीले सोझै मोटरसाइकलको सॉचो निकालि हाल्यो ।’ ट्राफिक प्रहरीले चेकजॉचको नाममा मोटरसाइकल रोक्ने वित्तिकै पहिले सॉचो भिकेपछि सॉचो किन तान्नुुभएको, सॉचो दिनुुभन्दा प्रहरीसंग मुुखमुखै बोलेको भन्दै कलर समातेर ट्राफिक प्रहरी निरीक्ष्ँक बस्ने कोठामा लगेर कुटपिट गरिएको पीडित यादवले बताए । उनले भने –‘मलाई सडकबाट पिट्दै भित्र लग्दै थियो । मैले किन कुटेको भनेर छोडाउन प्रयास गरेपछि भित्र कोठामा लगेर सई दियाली सहितको प्रहरीहरु लठ्ठी, खुट्टा र बुुटले कार्यालय कोठा भित्र भुुईमा लडाएर कुटपिट गरे ।’ उपचारार्थ यादवको दाहिने ऑखा मुनि गम्भिर चोट छ । ऑखा मुनि काटिनुको साथै कालो डाम परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक लोक बहादुर दियाली सहितको प्रहरीहरुले आइतवार विहान करिब ९ बजे यादवलाई ट्राफिक प्रहरी निरीक्षक रुद्र चुडालको कार्यकक्ष भएको कोठामा जवरजस्ती लगेर निर्घात कुटपिट गरेका थिए । प्रहरी निरीक्षक र कुट्ने सई बयान बाझ्यो जिल्ला ट्राफिक कार्यालय लहानका प्रहरी निरीक्ष्ँक रुद्र चुुडाल र यादवलाई कुुट्ने प्रहरी नायब निरीक्षक लोकबहादुर दियाली बीच बयान बाझेको छ । आयोगका अधिकृतलाई बयान दिने क्रममा प्रहरी निरीक्ष्ँक चुलालले मोटरसाइकल रोकाउने क्रममा धनन्जय यादवले ठक्कर दिएर एक जना ट्राफिक प्रहरीलाई लडाएर मुखैमुखै लागेकोले रिसमा आई दियाली सहित प्रहरीले यादवमाथि हातपात गरेको बताए । तर ट्राफिक प्रहरी नायब निरीक्षक दियालीले भने यादवले चलाएको मोटरसाइकलको ठक्करबाट कसैलाई ठक्कर नलागेको र कुनै ट्राफिक प्रहरी नलडेको बताए । तर उनले मुखमुखै लागेकाले हातपात भएको स्विकार गरे । प्रहरी नायब निरीक्षक दियालीले ट्राफिक प्रहरीले यादवलाई मोटरसाइकल रोकाउने बेलाको आफू प्रत्यक्षदर्शी भएको बताउ‘दै ट्राफिक प्रहरीले मोटरसाइकलको सॉचो खोस्दा मुखमुखै लागेकोले विवाद भएको बताए । यादवमाथि गलत मुद्दाको तयारी गर्दै ट्राफिक प्रहरी आफ्नो ट्राफिक प्रहरी नायब निरीक्षक लोक बहादुर दियालीलाई बचाउन ट्राफिक प्रहरी निरीक्षक रुद्र चुडालले घाइते यादवमाथि गलत मुद्दा लगाउने तयारी गरिरहेको पाइएको छ । प्रहरी निरीक्षक चुडालले बर्दीमा भएको प्रहरीले कुटपिट गर्नु गलत भएको आयोगका अधिकृत समक्ष स्विकार गरे । ट्राफिक प्रहरी निरीक्षक चुडालले सामाचारमा लेखेर केही फरक नपर्ने भन्दै प्रहरी नायब निरीक्षक दियालीलाई विभागिय कार्वाही गर्नुपरे यादवलाई समेत कार्वाही चलाउने बताए । घाइते यादवमाथि कार्वाही चलाउन प्रहरी नायब निरीक्षक दियालीको दाहिने हातमा चोट लागेको भन्दै अस्पतालमा जॉच गराएका छन् । उनले सोही कागजको आधारमा सरकारी अधिकारीलाई दुव्र्यवहार गरेको भन्दै यादवमाथि मुद्दा चलाउने तयारी समेत गरेका छन् । तर घटना भएपछि आइतवार प्रहरी नायब निरीक्षक दियालीसंग संचारकर्मी र जिम्मेवार प्रहरी अधिकृतहरुले बुझ्दा कुनै चोटपटक लागेको बताएका थिएनन् । कुटपिटको घटनाको सुरक्षित भिडियोमा समेत यादवले हातपात गरेको देखिदैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments