Incident Reports

Dalit Men Charge Police of Refusing Their Complaint

2013-07-05

Surkhet/July 5 Govinda BK and Purna Bahadur BK of Kandabhawani in Matela VDC-9 have arrived at the district headquarters asking for justice. According to them, a local Ganesh GC had hurled abusive language on them on June 26 when they were talking with their own friends. They said that GC had scolded them saying the dalits were making noise in the market. They added that they were shoved and also beaten up by the accused GC along with Dor Prasad Sharma, Bir Bahadur GC and Hemraj Sharma. They accused police of being mute spectators to the incident. The police refused to register their complaint when they went to District Police Office on July 4. DPO said that the complaint they should first be filed at local police station. Durga Thapa सुर्खेत । ०७० असार २१ गते जातीय छुवाछुतका आधारमा विभेद गर्नुका साथै आफूहरूलाई कुटपिट गरेको भन्दै मटेला-९ काँडाभुवानीका गोविन्द विक र पूर्णबहादुर विक न्याय माग्न जिल्ला प्रहरी कार्यालय सुर्खेत आइपुगेका छन् । यही असार १२ गते बेलुका गोविन्द र उनका साथीहरूले मटेला-६ ठाँटी बजारमा साथी-साथीबीच कुराकानी गरिरहेको अवस्थामा मटेला-९ कै गणेश जिसीले बिनाकारण गालीगलौज तथा अभद्र व्यवहार गरेको उनीहरूले बताए । गोविन्दले आफूहरूले साथी-साथीका बीचमा कुराकानी गरिरहेका बेला जिसीले तल्लो जातको मान्छे भएर पनि बजारमा आएर हल्ला गर्ने भन्दै गालीगलौज गरेको उनीहरूको भनाइ छ । गोविन्दले भने, “तिमी डुमहरू यहाँ आएर गफ गर्ने भन्दै धकेलधाकल गर्नुको साथै घरतिर जान लाग्दा जिसी डोरप्रसाद शर्मा, वीरबहादुर जिसी र हेमराज शर्मा लगायतले आफूहरूलाई मराणासन्न हुने गरी कुटपिट गरे ।’ आफूहरूलाई यसरी कुटपिट गर्दा स्थानीय प्रहरी चौकीका प्रहरीहरूले मुकदर्शक बनेर हेरिरहेको उनीहरूको गुनासो छ । आफूहरू तीन जना मात्रै भएको र जिसी सहितको समुहले जति कुट्दा पनि आफूहरू कुटाई खानबाहेक अरु केही गर्न नसकेको उनीहरूको भनाइ छ । जातीय विभेदकै कारण आफूहरूलाई यसरी कुटपिट गरेको भनी ०७० असार २० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरीसमेत दर्ता गरेको छैन । प्रहरीले स्थानीय प्रहरीलाई निवेदन दिएर मात्रै जिल्लामा आउनुपर्ने भन्दै जाहेरी दर्ता गर्न नमानेको पीडितहरूले बताए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis