Incident Reports

​लोकतान्त्रिक र वाम गठबन्धनको सभाका कारण रसुवाको ‘राम्चे’ निषेधित क्षेत्र घोषणा

2017-11-23

Bagmati, Rasuwa, Kalika

रसुवाको कालिका गाउँपालिका–१ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेको हुँदा सुरक्षालाई मध्यनजर राख्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम सभा जुलुस गर्न नपाइने गरी निष्ोधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । स्थान परिवर्तन गर्नका लागि दुबै गठबन्धनसँग समन्वय गरेको र आग्रहलाई अस्वीकार गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको उहाँको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports