Incident Reports

CPN-UML's cadre kidnapped in Rolpa, released after local's protest

2017-11-23

Lumbini, Rolpa, Sukidaha, Ward 3

Biplab's cadres kidnapped a cadres of CPN-UML. Nabin Khadka, cadres of CPN-UML, was kidnapped from Sukidaha Rural Municipality-3. They even attempted to kidnap Bishnu Khadka, a cadre of CPN-Maoist. However, he was saved by the locals. विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रोल्पामा एमालेका एक कार्यकर्तालाई अपहरण गरेका छन् । उनिहरुले रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव नविन खड्कालाई हिजो साँझ सुकीदह गाउँपालिका–३, डाँडाखुटीबाट अपहरण गरेका हुन् । उनीसँगै माओवादी केन्द्रका कार्यकर्ता विष्णु खड्कालाई पनि नेकपाका कार्यकर्ताले अपहरण प्रयास गरेका थिए । तर, उनलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर बचाएको बताइएको छ । अपहरणमा परेका खड्कालाई शुक्रबार विहान मुक्त गरेका छन् । संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति, रोल्पाका संयोजक गोकुल घर्तीले शुक्रबार विहान प्रेस वक्तव्य जारी गरेर नवीन खड्कालाई अपहरण गरेको र विष्णु खड्कालाई अपहरण प्रयास गरेको जनाएका छन् । उनले नवीन शुक्रबार विहान अपहरणमुक्त भई सम्पर्कमा आएको भन्दै घटनाको निन्दा गरेका छन् । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा (एमाले)का रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव क. नवीन खड्कालाई अपहरण र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता क. विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले वक्तव्यमा भनेका छन्, ‘प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं. ३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले क. नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरणमुक्त गरेका र क. विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ ।’ वामगठबन्धनले बिहीबार दिउँसो थबाङ, पाखापानी र जिनाबाङमा भएको बम विस्फोटको समेत निन्दा गरेको छ । गठबन्धनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media

0 Comments