Incident Reports

School Girls Gang-Raped

2013-07-07

Rupandehi/July 8 Two school girls, aged 13 and 14, have been gang-raped by three men at a hotel in Intabhatti, Butwal Municipality-11 on July 7. The girls told police that Yogesh Banjade, 24, owner of Phewa Cottage Restaurant at Milan Chok, its cooks Arjun Thapa, 28, and Om Prakash BK, 26, raped them on the night of July 7. The girls had gone to Butwal for shopping when BK made them to take ride on his scooter and took them to the hotel. There he called Banjade and Thapa around 9 pm and whence they were brought to the restaurant and raped again. Police have arrested Banjande and BK while Thapa remains absconding. The girls were taken to Lumbini Zonal Hospital for medical check-up. Inspector Som Thapa said a case of rape would be filed against them. Police also arrested one Bhim Bhusal, Banjande’s relative for beating of another cook of the restaurant Bikash Panthi whom he alleged had tipped off the police. Amrit Giri रुपन्देही । ०७० असार २४ गते देवदह गाविस २ खैरनीका १३ र १४ वर्षीया दुई बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुटवल नपा ११, इँटाभट्टीस्थित एक होटलमा लगेर तीन युवाले सामूहिक बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा प्रहरीले रेष्टुरेन्टका सञ्चालक र दुई जना कुकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पीडितको उजुरीका आधारमा मिलनचोकसस्थत फेवा कटेज रेष्टुरेन्टका सञ्चालक २४ वर्षीय योगेश बञ्जाडे, बुटवल नपा १२ रामनगरमा डेरा गरी बस्ने सोही रेष्टुरेन्टमा कुक २८ वर्षीय अर्जुन थापा र २६ वर्षीय ओमप्रकाश विकले इँटाभट्टीस्थित एक होटलमा लगेर रातभार सामूहिक बलात्कार गरेको पीडित बालिकाहरुले प्रहरीलाई बताएका छन् । पीडित बालिकाहरु देवदहस्थित एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाहरु रहेको बताइएको छ । २३ गते दिउँसो बजार घुम्न भन्दै घरबाट निस्केका ती बालिकालाई बुटवलको रामनगरबाट ओमप्रकास विकले ललाईफकाई आफ्नो स्कुटरमा राखेर बुटवलको इट्टाभटीस्थित एक होटलमा पुर्‍याएका थिए । त्यही होटेलमा आफूले काम गर्ने रेष्टुरेन्टका साहु र अर्का साथीलाई बोलाएका थिए । राति करिब ९ बजे रेष्टुरन्टका सञ्चालक बन्जाडे र आफूलाई प्रहरीको सीआईडी बताउदै थापा बालिकाहरु राखिएको होटेलमा पुगेका थिए । उनीहरुले त्यहाँबाट बालिकालाई उठाएर आफ्नै कटेजमा ल्याई रातभर बलात्कार गरेको बताइएको छ । घटनामा संलग्नमध्ये बञ्जाडे र विकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । अर्का आरोपी थापा फरार रहेको प्रहरीको भनाइ छ । पीडित बालिकाहरुलाई लुम्बिनी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको प्रहरीले बताएको छ । घटनामा संम्लग्नहरुलाई जबर्जस्ती करणीको महल अर्न्तगत कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक सोम थापाले बताए । घटनाबारे प्रहरीलाई जानकारी दिएको भन्दै होटल सञ्चालकका आफन्त भीम भुसालले होटलका अर्का कुक विकास पन्थीलाई कुटपिट गरेपछि प्रहरीले भुसाललाई समेत नियन्त्रणमा लिएको छ । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis