There has been a clash reported between the cadres of Nepali Congress and Left alliance on November 24 at Rupakot Majhuwagadhi Municiplaity-1 in Diktel.
In a clash left alliance cadre Gopal Acharya was injured and he sustained a deep nose injury. He is undergoing treatment at community hospital in Diktel.
CDO Eek Dev Adhikari said that the clash started between the cadres in an inebriated stage.
Meanwhile, Av news journalist Haribol Acharya and editor Indra Acharya of Janboli News Network were misbehaved by Nepali Congress Khotang while they were collecting news. Their blue book, license, papers and motorbike were taken into control in an incident according to the press released by Press Chautari and Press Center of the district.
The Press Chautari and Center have demanded the action against the people involved in misbehavior. CDO Adhikari said that four motorbikes were controlled. Police have arrested Subash Acharya, cadres of left alliance, for his involvement in an incident.
The left alliance has accused that the clash was a result of irresponsibility shown by the administration. Nepali Congress Khotang chairperson Naresh Shrestha said that the clash started after the left alliance cadres attacked Nepali Congress suddenly while they were having lunch.
कांग्रेस र वाम गठबन्धन बीच शुक्रबार राति झडप भएको छ । झडपमा वाम गठबन्धनका गोपाल आचार्य घाइते भएका छन् ।
वाम गठबन्धनका सुवास आचार्य पक्राउ परेका छन् । खाइरहेको बेला वाम गठबन्धनले बिथोलेपछि झडप भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । झडपको समाचार सङ्कलन गर्न पुगेका एभिन्युज टेलिभिजनका पत्रकार हरिबोल आचार्य र जनबोली न्युज नेटवर्कका सम्पादक इन्द्र आचार्यमाथि दुर्व्यवहार भएको छ । समाचार सङ्कलनमा गएका पत्रकारहरुको मोटरसाइकल, ब्लु बुक लाइसेन्ससहितका कागजात खोसिएको प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ति मार्फत जनाएका छन् । दुवै संगठनले दुर्व्यवहार गर्नेमाथि कानुनी कारबाहीको माग गरेको छ । प्रजिअ अधिकारीले चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताए ।
गृह प्रशासनको गैरजिम्मेवारीपनाका कारण झडप भएको वाम गठबन्धनले जनाएको छ । ‘निर्वाचन आचारसंहिताविपरीत भोज आयोजना गरेको विषयमा प्रशासनलाई पटक–पटक जानकारी गराउँदा समेत प्रशासनले बेवास्ता गरेकाले भोज विथोलेको झडपमा घाइते गोपाल आचार्यले बताए । कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले खाना खाँदै गरेको बेला वाम गठबन्धन पक्षले एक्कासी आक्रमण गरेपछि हातपात गरिएको बताए ।