Incident Reports

Community Fines Families for Holding Child Marriage

2013-07-06

Madhes, Bara, Prasauni

Parsa/July 8 Nepal Gond Society (NGS) has fined two families Rs 15,000 on July 6 for carrying out a child marriage, NGS secretary Bindu Bhushan Sah informed. Lalbabu Gond of Bairiyabirta VDC-2 had conducted the wedding of his 19-year-old son with a 9-year-old daughter of Babulal Sah of Prasauni VDC. The wedding became public after a long time and a meeting of the NGS decided to fine the two families. Lalbabu is a teacher at a government school while Babulal is a veterinary. Sah added that the money had been put in the NGS’s bank account. The marriage has also been annulled and the boy’s family has been asked to return the dowry cash of Rs 200,000. The organization also decided to prohibit child marriage in the community. Child marriage is rampant in the Gond community, however, the NGS said that this might be the first case where such marriage was annulled and families penalized. KC Lamichhane पर्सा । ०७० असार २४ गते नेपाल गोँड समाजले उमेर नपुगेका छोरा र छोरीको विवाह गराइदिएको भन्दै असार २२ गते प्रति परिवार १५-१५ हजार रूपियाँ दण्ड गरेको नेपाल गोँड समाज पर्साका सचिव बिन्दु भूषण साहले जानकारी दिएका छन् । पर्सा जिल्लाको बैरियाविर्ता गाविस-२ का लालबाबु गोँडले छोरा १९ वर्षीय चन्दनकुमार साहको विवाह बारा जिल्ला प्रसौनी गाविसका बाबुलाल साहको नौँ वर्षीया छोरीसँग गराइदिएका थिए । विवाह भएको लामो समयपछि समाजले थाहा पाएकोले यस विषयमा अहिले आएर सामाजिक छलफल गरिएको सचिव साहले जनाए । केटाको बुवा सरकारी स्कूलका शिक्षक हुन् भने केटीका बुबा पशु चिकित्सक हुन् । दुवै शिक्षित परिवारका अभिभावकाले उमेर नपुगेका आफ्ना छोरा छोरीको विवाह गराइदिएकोले उनीहरूलाई समाजिक छलफल अनुसार दण्डित गर्ने कार्य समाजले गरेको हो, दण्डबाट आएको रूपियाँ समाजको खातामा जम्मा गरिएको छ, छलफलमा अब उप्रान्त कसैले पनि बालविवाह नगर्ने निर्णय भएको सचिव साहले बताए । समाजले उनीहरूको विवाह समेत बदर गरेको जनाइएको छ । विवाहमा केटी पक्षले दाइजो वापत दिएको २ लाख रूपियाँ समेत केटा पक्षले फिर्ता दिने निर्णय भएको छ । यस्तो निर्णय दुवै परिवारका सदस्यहरूको उपस्थितिमा भएको सामाजिक छलफलले गरेको हो । समाजमा शिक्षित र धनी परिवारमा पनि बालविवाह गर्ने गरेको पाइन्छ । पर्साको बैरिया विर्तामा भएको यो घटना प्रतिनिधि घटना मात्र हो । बालविवाह गरेको आरोपमा आफ्नै समाजले आफ्ना सदस्यहरूलाई दण्डीत गरेको र भएको विवाह समेत बदर गरेको पर्सा जिल्लाकै पहिलो घटना भएको समाजले जनाएको छ । के.सी.लामिछाने

0 Comments