Incident Reports

seven people arrested for anti election activities

2017-11-23

Seven cadres of Nepal Communist Party were arrested by police for being involved in anti election activities. 41 years old Namraj Pariyar, resident of Temal village municipality-8 who claims to be the driver of Netra Bikram Chand was arrested on November 23. Other seven people of Nepal Communist Party have also been arrested by police. इन्सेक काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका सात जना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । आफूलाई नेत्रविक्रम चन्दको ड्राइभर बताउने तेमाल गाउँपालिका-८ कमेरेका ४१ वर्षीय नमराज परियारलाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ । यसैगरी महाभारत गाउँपालिका-२ जोरछाँगाका ३५ वर्षीय आकाश भनिने हुद्धबहादुर वाइवा र नेपाल क्रान्तिकारी शिक्षक सङ्गठन काभ्रेका उपाध्यक्ष पाँचखाल नपा-५ केराघारीका ४३ वर्षीय डालबहादुर मिजारलाई मङ्सिर ६ गते धुलिखेलबाट प्रहरीले गिरफ्तार गरेको छ । मङ्सिर ५ गते नेपाल क्रान्तिकारी शिक्षक संगठन काभ्रेका अध्यक्ष साविक पोखरीचौरी-५ का ४६ वर्षीय भीमसेन गौतमलाई कुत्तालस्थित मण्डलादेवी प्राविबाट र पनौती नपा-४ का ३५ वर्षीय अनिल रायमाझीलाई पनौतीबाट गिरफ्तार गरिएको प्रहरीले जनायो । चौरीदेउराली गाउँपालिका-६ का ४६ वर्षीय डिल्लीप्रसाद दुलाल र नासिकास्थानका ३५ वर्षीय रामकुमार तामाङलाई मङ्सिर ४ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments