An IED has been detonated at Adherikhola in the border of ward 7 and 9 of Bidur municipality this evening targeting a team ferrying ballot boxes of Chandeshwori polling center in Bidur municipality-7 Tupche. According to DPO Nuwakot, a loud explosion was heard when electoral team, representatives of political parties and police were on the way to district headquarter. No human casualty was reported in the incident, informed SP Basanta Kunwar of DPO.
मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ ।
विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो ।
मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । कुन प्रकृतिको काम हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।