Incident Reports

Six injured in the clash between left alliance and NC cadres

2017-11-28

Gandaki, Nawalparasi West, Madhyabindu, Ward 6

Six persons were injured when clash erupted between the cadres of Nepali Congress (NC) and the cadres of Left alliance in Nawalpur Madhyabindu Municipality-3. नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ । भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ । नवलपुर प्रहरी प्रमुख दिपेद्र जीसीका अनुसार दुई पक्षबीच झडप भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए । थप झडप हुन नदिन रातभर प्रहरीले सो क्षेत्रमा गस्ती गरेको थियो । आक्रमणको दोष दुबै पक्षले एकअर्कालाई दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , Other Sources , INSEC , Local Newspaper - Chitwan

0 Comments