Family members of Bishnu KC, a district member of Nepali Congress affiliated NSU have accused Maoist Center cadres of attacking KC at his home in Suwarnawati rural municipality-6 Gajalu. According to KC's family the Maoist Center cadres attacked him with sharp weapon as punishment for not allowing the Maoist Center cadres to capture booth during the election. KC who sustained serious due to the attack has been taken to Nepalgunj for treatment.
Expressing grief on the attack, Nepali Congress proportional candidate for state assembly, Manojmani Acharya and NSU Rolpa has demanded action against the attackers.
चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको परिवारकाे अाराेप छ ।
माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । उनको अझै होस् नखुलेको परिवारको भनाई छ ।
कांग्रेसको प्रतिनिधि बसेकै कारण आक्रमण हत्या गर्न खोजिनु दुखद भएको नेविसंघका पूर्वमहामन्त्री तथा रोल्पाका प्रदेशसभाका समानुपातिक उम्मेदवार मनोजमणि आचार्यले बताउनुभयो । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ रोल्पाले माग गरेको छ ।