An improvised explosive device exploded targeting the vehicle carrying former Prime Minister and CPN (UML) senior leader Jhala Nath Khanal, at Tinkhutte in Ilam along Fikkal-Pashupatinagar road section on Friday evening, the police said. No human casualties were reported however.
UML leader Khanal was returning after addressing an election campaign when the incident occurred around 20 meters away from the moving vehicle carrying Khanal, said the Chief District Office Bishnu Prasad Pokharel, adding a search has been launched for the bomb planter(s).
Meanwhile, the police have arrested 13 people including one Indian national suspected of involvement in criminal activities targeting the polls including explosion. RSS
पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ ।
खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्माचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए ।
प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए। उनका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५-२० मिटर पर भएको थियो । जिल्लामा यस्तो घटना हुन नदिन एक भारतीयसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।