Incident Reports

Woman Agreeing for Compromise on Rape Charge Expelled From Home

2013-07-11

Okhaldhunga/July 11 A 23-year-old dalit woman, who agreed to compromise with the man who was accused of raping and impregnating her, has been expelled by her family. The woman came back home after the accused agreed to settle the case after accepting his offer of Rs 160,000. The woman had filed a complaint against Hem Bahadur Bk on June 29, of raping her in room when she had gone to the district headquarters from village. She was forced out of her house by her father-in-law and the husband on July 6. She agreed for compromise following pressure from her party UCPN-M and neighbors on July 4. District Police Office said that though it had mediated for the compromise, it did not know about the displacement of the woman. Shiva Prasad Dhungana ओखलढुंगा । ०७० असार २७ गते एक युवकको बलात्कारबाट गर्भ बसेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि आरोपितपक्षको दबाबमा मुद्दा मिलापत्र गरेकी कुन्तादेवी गाविसकी २३ वर्षीया एक दलित महिलालाई उनको परिवारले घरनिकाला गरेको छ । आरोपितले पीडितलाई रकम दिएपछि आरोपित र पीडित आ-आफ्नो घरमा बस्ने सहमतिसहित उजुरीमा मिलापत्र गरेर घर फर्किएपछि पीडितलाई उनका ससुरा र विदेशमा रहेका पतिले घर पस्न नदिएपछि ०७० असार २२ गते पीडित घर निकाला भएकी हुन् । पीडित हाल आफन्तकोमा बस्दै आएकी छन् । कुन्तादेवी गाविस-९ का २८ वर्षीय हेमबहादुर बिकले पीडित सदरमुकाम आएको समयमा आफ्नो कोठामा बोलाई बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७० असार १५ गते उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी दर्ता भएपनि आरोपितपक्षको दबाबमा आरोपतपक्षले पीडितलाई १ लाख ६० हजार रुपियाँ दिएर असार २० गते उजुरीमा मिलापत्र भएको थियो । पीडितले आफूसम्बद्ध दल एमाओवादी र टोलका छिमेकीहरुको भनसुन र दबाबमा आरोपितसँग मिलापत्र गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयले पीडित र आरोपितलाई झिकाइ महिला तथा बालबालिका कार्यालयको रोहवरमा मिलापत्र गराएको भए पनि पीडित विस्थापित भएको बारेमा कुनै जानकारी नभएको महिला तथा बालबालिका कार्यालयकी कर्मचारी इरान राइले बताइन् । जिल्ला प्रहरी कार्यालयले पीडित विस्थापित भएको विषयमा जानकारी नभएको बतायो । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis