Incident Reports

Pregnant Woman Admitted to Hospital after Being Tortured for Not Bearing Son

2013-07-13

Saptari/July 13 Sushila Yadav, 28, of Itahari Bishnupur VDC-3 has been admitted to the Sagarmatha Zonal Hospital on July 13 after being tortured by her parents-in-laws. An eight-month pregnant Sushila was being assaulted for not bearing a son. She already has three daughters. She said that her two brothers, who had come to meet her from maternal home at Khurhuriya in Malekpur VDC-5, were also verbally abused. “I requested with my father-in-law and mother-in-law to take me to hospital after I got injured in their beatings but they refused and instead threatened to kill me. So, I had to run away from home to get treatment”, Sushila said. She further claimed that they had forced her to go for sex determination of her previous pregnancy and forced her to take medicine causing abortion of her six-month pregnancy. I have three daughters and my husband is a simple person who does not intervene in his parents’ action, Sushila said. Manohar Pokharel सप्तरी । ०७० असार २९ गते छोरा नजन्माएको भन्दै सासु तारादेवी यादव र ससुरा अम्बेश्वर यादवले कुटपिट गरेपछि घाइते भएकी इटहरी विष्णुपुर गाविस-३ की २८ वर्षीया सुशीला यादव उपचारका लागि असार २९ गते साँझ अस्पताल भर्ना भएकी छिन् । तीन छोरी जन्मे पनि छोरा नजन्मेकाले सासु र ससुराले शारिरीक र मानसिक यातना दिदै कुटपिट गर्ने गरेको भन्दै आठ महिनाकी गर्भवती सुशिला उपचारका लागि राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी हुन् । छोरा नजन्मेपछि वंश नै समाप्त हुने भन्दै सासु र ससुराले कुटेपछि मलेकपुर गाविस-५ खुरहुरियास्थित माइतबाट आएका दुई भाइ बिशो यादव र महेन्द्र यादवलाई समेत अपशब्द प्रयोग गर्दै कुटपिट गरेको पीडित महिलाले बताइन् । घाइते सुशीलाले उपचारका लागि घर परिवारसँग अनुनय विनय गरेपनि स्वास्थ्योपचार नगरि ज्यान मार्ने धम्की दिन थालेपछि एक्लै भागेर अस्पताल आएको उनले बताइन् । उनले तीनओटा छोरी पाएपछि चौथो पटक रहेको गर्भ चेकजाँच गराउँदा पुनः छोरी नै देखिएपछि सासु, ससुराले औषधी खुवाएर यसअघिको ६ महिनाको गर्भ तुहाइदिएको समेत बताइन् । तीनवटा छोरी भएकाले सासुससुराले निहुँ खोजी-खोजी कुटपिट गर्ने गरेको र पति सोझो भएकाले मौन बस्ने गरेको उनले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis