Incident Reports

Bomb found in Bhaisepati

2017-12-05

Bagmati, Lalitpur, Lalitpur, Ward 25

An unknown group planted a bomb in the house of Surendra Bhandari in Bhaisepati, Laliypur-25. Bhandari is the Chief Executive Officer of Laliguras Cooperative. On December 5, 2017, 6 people arrived on a motorcycle and placed a bomb in front of his gate at 10 in the morning. Nepal Army is currently disposing the bomb. ललितपुर महानगरपालिका २५ स्थित भैंसेपाटी–सैबुमा बम भेटिएको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको सैबुस्थित घरको गेटमा अज्ञात समूहले बम राखेको प्रहरीले जनाएको छ । बिहान १० बजेको समयमा मोटरसाइकलमा आएका अपरिचित ६ जनाले गेटमा बम राखेर फरार रहेको बताइएको छ । बम राखेर भागेसँगै भण्डारीका आफन्तले प्रहरीमा खबर गरेसँगै नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानमा पुगेको छ । ललितपुर प्रहरीका अनुसार अहिले सेनाको टोलीबाट बम डिस्पोज गर्ने काम चलिरहेको छ । चुनावको मिति तजिकिँदै जाँदा राजधानीका विभिन्न स्थानमा बम आतंक बढेको छ । सोमबारमात्रै पनि बालुवाटारस्थित सभामुखको निवास नजिकै बम भेटिएको थियो भने चपलीमा भएको विस्फोटमा कांग्रेस नेता गगन थापासहित ११ जना घाइते भएका थिए । बम विस्फोटका घटना बढ्न थालेपछि राजधानीबासी त्रसित भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments