Incident Reports

Victim's Family Pressurized to Settle Rape Case in Village

2013-07-12

Province 1, Morang, Kanepokhari

The victim and her mother arrived in Biratnagar and organized a press conference on July 12 after they were pressurized to settle the case in the village. Local women rights activist Shanti Prakhrin is supporting the duo and they are being provided shelter in Biratnagar by an NGO. The accused, Tek Bahadur Shrestha, 77, and Jeevan Shrestha, 60, were arrested on July 3 on charge of raping the girl. The complaint filed by the girl’s mother said that the men had abducted the girl from her home on June 15 and were raping her continuously at their home and nearby jungle. Dipen Neupa मोरङ । ०७० असार २९ गते एक सुस्तमनस्थितिकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपित पक्षले पीडित पक्षलाई मिल्न दबाब दिएको छ । पीडित पक्षले असार २८ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर आरोपित पक्षले मिल्न दबाब दिएको कुरा सार्वजनिक गरेको हो । गाउँमै मिल्न दबाब आएपछि अधिकारकर्मी शान्ति पाख्रीनको पहलमा पीडित र उनकी आमा प्रतिव्यक्ति १ सय रुपियाँ गाडी भाडा तिरेर विराटनगर आएका थिए । पत्रकार सम्मेलनमा गाउँमा बस्न नसक्ने अवस्था भएकोले सुरक्षा खोज्दै विराटनगर आएको पीडितकी आमाले बताइन् । पीडितलाई विराटनगरकै एक गैरसरकारी संस्थाले सुरक्षित आवास गृहमा राखेको छ । घटना मिलाउन गाउँका कथित भद्रभलादमी र केही राजनीतिक कार्यकर्ता सक्रिय रहेको पीडित पक्षको भनाइ छ । जति नै दबाब आएपनि छोरीलाई न्याय दिलाएर छाड्ने पीडितकी आमाले बताइन् । घटनाका आरोपितद्वय ७७ वर्षीय टेकबहादुर श्रेष्ठ र ६० वर्षीय जीवन श्रेष्ठलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको थियो । पीडितलाई उनीहरूले बोकेर आफ्नै घर र नजिकको जङ्गलमा लगी असार १ गतेदेखि दैनिक बलात्कार गर्ने गरेको इलाका प्रहरी कार्यालय लेटाङमा पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडितका बाबु वैदेशिक रोजगारमा गएका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis