Incident Reports

Chaos as monkey steals suspicious object planted by Biplab cadres

2017-12-05

Province 1, Sunsari, Dharan

A chaos ensued in Dharan on Tuesday morning when a suspicious bomb-like object planted by an unidentified group was carried away by a monkey. The monkey ran away with the suspicious object when a team of Nepal Army and Nepal Police arrived at the spot to examine the suspicious object. The locals were scared as they were clueless about where the monkey would drop the object. When the monkey tore the wrapping of the suspicious object, security team found a note in which it was written 'I want my citizenship or else I will blow the entire area up'. It was later revealed the action was carried out to frightned the locals. मंगलबार बिहान धरानमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले तुरुन्त प्रशासनलाई खबर गरे । लगत्तै नेपाली सेना र प्रहरीको संयुक्त टोली त्यहाँ पुग्यो । र, डिस्पोज गर्ने तयारी सुरु भयो । स्थानीय त्रसित थिए । त्यसैबीच एउटा बाँदर त्यहाँ टुप्लुक्क आइपुग्यो । र, शंकास्पद वस्तुलाई टिपेर दौडियो । सुरक्षाकर्मी र स्थानीयवासी आश्चर्य चकित भए । बाँदरले शंकास्पद वस्तु लगेपछि प्रहरी टोली हैरान भयो । उनीहरुले बाँदरलाई पछ्याउन थाले । बाँदरले कहाँ लगेर ‘बम’ छाड्ने हो पत्तो नभएपछि प्रहरीका लागि समेत सम्भावित दुर्घटना हुनबाट रोक्न चुनौतिपूर्ण बन्यो । केहीबेरको दौडपछि बाँदरले शंकास्पद भनिएको वस्तुलाई च्यात्यो । ‘शंकास्पद वस्तु च्यातिनेबित्तिकै अब के हुने हो भनेर सबै भाग्न थाले’, एकजना प्रत्यक्षदर्शीले भने, ‘तर, त्यहाँ केही भएन ।’ लगत्तै त्यहाँ गएर हेर्दा एउटा कागजमा लेखिएको थियो, ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरि बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ ।’ वास्तवमा त्यो बिफोटक पदार्थ नभएर मानिसहरुलाई आतंकित बनाउन राखिएको वस्तु मात्रै रहेछ । ‘भुइँमा भएको भए त्यहीँ डिस्पोज गरिन्थ्यो’, प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआइजी मनोज न्यौपानेले अनलाइनखबरसँग भने, ‘तर, बाँदरले बोकेर हिँडेपछि बढी आतंक सिर्जना भयो । केहीबेरमै त्यो बम नभएर ‘होक्स’ मात्र भएको पुष्टि भयो ।’ निर्वाचनको अवधिमा प्रहरीले हतियार ६१ थान, २ सय ८३ राउण्ड गोली, २ हजार १ सय ८८ पिस डेटोनेटर, ४ सय ४४ लोला १ सय ग्राप जिलेटिन, झण्डै १२.८ केजी बारुद, २ सय २३ मिटर फ्युज वायर, ५ सय ८० पटका र बम बनाउन प्रयोग हुने अन्य विभिन्न सामग्रीसमेत बरामद गरेको छ डीआइजी न्यौपानेका अनुसार निर्वाचनको समयमा भेटिएका अधिकांश शंकास्पद वस्तु बम थिएनन् । ‘बमलाई डिस्पोज गर्न विष्फोटक पदार्थ नै प्रयोग हुने भएकाले आवाज आउनेवित्तिकै बम सम्झिएर मानिसहरु आतंकित भएका छन्’, उनी भन्छन्, ‘तर, निर्वाचनको आसपास करिब ७ ठाउँमा मात्रै बम भेटिएका छन् ।’ प्रहरी प्रधान कार्यालयका अनुसार बारा, दाङ, बाँके, काठमाडौंको चपली, उदयपुरलगायतको क्षेत्रमा भेटिएका शंकास्पद वस्तु मात्रै बम भएको पुष्टि भएको छ । ती क्षेत्रमा भेटिएका बम ‘होम मेड’ हुन् । तर, अधिकांश ठाउँमा नक्कली ‘बम’ राखेर आतंक सिर्जना गरी निर्वाचन बिथोल्न खोजिएको प्रहरीको निष्कर्ष छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments