Incident Reports

Police fire warning shots in Tulsipur

2017-12-07

Lumbini, Dang, Tulsipur

Police fired two rounds of bullets in the air at Araniko Ground voting center of Tulsipur on Thursday evening after some unauthorized persons tried to get inside the ballot-box collection center, informed Durga Singh, SP of Dang. Police have arrested Ghanshyam Nepali and Lila B.K for trying to get inside the vote-box collection center. दाङको तुलसीपुरमा बिहीबार साँझ गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिकाको अरनिको मैदान मतदान केन्द्रको मतपेटिका संकलन केन्द्रभित्र केही व्यक्ति जबर्जस्ती पस्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् । प्रहरीले स्थानीय घनश्याम नेपाली र लिला विकलाई पक्राउ समेत गरेको छ । उनीहरु को हुन् र किन मतपेटिका संकलन केन्द्रभित्र प्रवेश गर्न खोजे भनेर अनुसन्धान भइरहेको एसपी सिंहले बताइन् । स्थानीयबासीले भने प्रहरीले विना कारण हवाइ फायर गरेर तुलसीपुरको शान्त वातावरणलाई आतंकित बनाएको आरोप लगाएका छन् । ‘प्रहरीले लखेटेर ति व्यक्तिहरुलाई पक्रेको थियो जबकी हवाइ फायर गर्नु आवश्यक नै थिएन भनेर स्थानीयबासीले भनेका छन्,’ घोराहीबाट पत्रकार पाण्डव शर्माले भने । आज दाङमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ र करिब ६९ प्रतिशत मत खसेको छ । हाल जिल्लाका बिभिन्न केन्द्रहरुबाट मतपेटिका संकलनको काम भइरहेको छ । जिल्लाका कोइलाबास, कालाकाटे लगायतका स्थानबाट मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ । रातिसम्म सबै मतपेटिका सदरमुकाम आइपुग्ने र सर्वदलीय बैठक बसेर मतगणनाबारे आवश्यक निर्णय लिने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments