Incident Reports

Woman Tied, Beaten by In-laws

2013-07-15

Madhes, Saptari, Rajbiraj

Saptari/July 16 Manju Yadab, 27, of Boriya VDC-5 has been beaten by her brother-in-law Surya Narayan Yadab, 45, his wife Anita Yadab, 40, and daughter Ranjan Yadab on July 15. They tied her hands and feet with rope prior to beating her. Locals had informed police and family of the victim after seeing Surya Narayan tying and beating Manju. Surya is a teacher at the Narendra Higher Secondary School in Boriya VDC. Police rescued the victim from the site and admitted her to the Sagarmatha Zonal Hospital in Rajbiraj Municipality-3 for treatment. The victim has sustained bruises all over her body. Though Surya was arrested the same day, police released him following political pressure without taking legal action against him. Father of the victim Jahindra Prasad Yadab said that her in-laws had been beating her over dispute on property share. Husband of the victim suffers from physical disability. Manohar Kumar Pokharel सप्तरी । ०७० साउन १ गते बोरिया गाविस-५ की २७ वर्षीया मन्जु यादवलाई उनका जेठाजु ४५ वर्षीय सूर्यनारायण यादव, जेठानी ४० वर्षीया अनिता यादव र उनकी छोरी रन्जन यादवले ०७० असार ३१ गते विहान डोरीले हात-खुट्टा बाँधेर कुटपिट गरेका छन् । बोरिया गाविसस्थित नरेन्द्र उच्च माविमा कार्यरत शिक्षक सूर्यनारायणले आफ्नो घरमा भाइबुहारीलाई बाँधेर कुटेको देखेपछि छिमेकीहरूले प्रहरी र पीडितको माइतमा खबर गरेका थिए । प्रहरीले बाँधेकै स्थलबाट पीडितलाई मुक्त गरी राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल उपचारको लागि भर्ना गरेको छ । पीडित महिलाको शरीरभरी निलडाम र चोट लागेको छ । प्रहरीले आरोपितलाई गिरफ्तार गरे पनि राजनीतिक दवावका कारण कारवाही नगरी सोही दिन रिहा गरेको छ । लामो समयदेखि अंशसम्बन्धी विवाद चल्दै आएकोले जेठाजुले पटक/पटक कुटपिट गर्दै आएको पीडितका पिता प्रसवनी गाविस-४ का जहिन्द्रप्रसाद यादवले बताए । हिडडुल गर्न नसक्ने अपाङ्गता भएका पति र एक काखे छोरी भएकाले जेठाजुले बारम्बार कुटपिट गरिरहने पीडितले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis