Police arrested 4 cadres of CPN for conducting anti-election activities. Thus arrested are District Secretary of Jhapa Dipak Gurung,Mechi zonal bureau member Dipak Latangri alia Darshan and Cultural bureau Coordinator Nawal Gajmer alias Islam and Regional coordinator of Kisaan sister association, Jhapa Khem Mishra. Mishra was arrested from Mechinagar on Nov 12 while others were arrested from Birtamod on Nov 10.
नेत्र विक्रम चन्द (विप्लव)समूहमा आवद्ध नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुनाव विरोधी गतिविधिलाई तिब्रता दिएसंगै झापा प्रहरी जिल्ला सेक्रेटरीसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ,मेची अंचल ब्युरो सदस्य दर्शन भन्ने दिपक लतान्ग्री,संकृतिक मेची ब्युरो संयोजक इस्लाम भन्ने नवल गजमेर र किसन भातृ संगठनका झापा क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक खेम मिश्र रहेको प्रहारीले जनाएको छ। मिश्रलाई इलाका प्रहरी कार्यालय काँँकरभिट्टाले आइतबार विहान मेचीनगरबाट पक्राउ गरेको थियो भने गुरुङसहित तीन जनालाई बिर्तामोडबाट शुक्रबार पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए।