Incident Reports

Woman Severely Beaten by Husband

2013-07-15

Sindhupalchok/July 15 Mangali Tamang, 48, of Gairigau in Chautara VDC-9 has filed a case against her husband at the District Police Office on July 15. She had sustained serious injury when her husband Suman Singh Tamagn, 53, in inebriated condition beat her on July 14. The victim was brought at Chautara Hospital on July 15 for treatment. She reached the DPO demanding justice even while undergoing treatment. Police said that the accused has absconded. Natibabu Dhital पतिको कुटपिटबाट सख्त घाइते भएकी चौतारा गाविस-९ गैरीगाँउकी ४८ वर्षीया मंगली तामाङ ०७० असार ३१ गते न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेकी छिन् । घरमा बसिरहेको बेला पति ५३ वर्षीय सुमन सिंह तामाङले ०७० असार ३० गते बेलुका मादक पर्दाथ सेवन गरी मरणासन्न हुनेगरी उनलाई कुटपिट गरेका थिए । पीडितलाई असार ३१ गते बिहान उपचारको लागी चौतारा अस्पताल लगिएको थियो । उपचार गरिरहेकै अवस्थामा न्याय माग्दै पीडित असार ३१ गते जिल्ला प्रहरी कार्यालय पुगेकी हुन् । पीडितले पति विरुद्ध उजुरी गरिन् । उजुरी दिन आएकी पीडितले भनिन्, 'पतिले १३ वर्षदेखि कुटपिट गर्दै आएका हुन् ।' आरोपित फरार भएको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis