Incident Reports

CPN-UML supporters demonstrate demanding re-election in Sunsari 3

2017-12-14

Province 1, Sunsari, Inaruwa

CPN-UML cadres demonstrated at Inaruwa demanding re-election in Sunsari Contituency 3 on Dec 14. The demonstrators accused Deputy-prime minister Bijaya Kumar Gachchhadaar of allegedly misusing his power to outwin CPN-UML candidate Bhagawati Chaudhary, hence, the demand for re-election. Meanwhile, Chaudhary has demanded appointment of new election officer and a re-election in her constituency. Reports state that as many as 1000 people had taken to the street. Armed Police force were deployed in every street to keep situation in control. सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राज्यको शक्तिकाे दुरुपयाेग गरेर एमाले नेतृ भगवती चौधरीलाई पराजित गरेको भन्दै इनरुवामा हजाराै‌ एमाले कार्यकर्ता निर्वाचन परिणामको विरुद्Uध विरोध प्रदर्शन गरेका हुन् । भगवती सर्मथकहरुले इनरुवा बजारमा विरोध प्रर्दशन गरेपछि इनरुवाको जनजीवन प्रभावित बनेको छ। बुधबार सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी कांग्रेस नेता गच्छदारसँग ३ सय २१ मतको झिनो मतअन्तरले पराजित भएकी थिइन्। पराजितको पीडा बेहोरेकी चौधरीले गच्छदारले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाउँदै आएकी छन्। बुधबार नै निर्वाचन आयोगको मत परिणामलाई अस्वीकार गरी उनले कानुनी उपचारका लागि अदालतमा जाने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी छन्। भगवतीले अन्नपूर्णसँगको टेलिफोन सम्पर्कमा निर्वाचन आयोगमा पुनः मतदान गराउन र निर्वाचन अधिकृतलाई कारवाही गरी नयाँ निर्वाचन अधिकृत नियुक्ति गर्न माग गर्दा समेत वास्ता नगरेपछि कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएको बताएकी छन्। एमाले कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएपछि इनरुवामा तनाव उत्पन्न भएको छ। हजारौंको संख्यामा उपस्थित भएका एमाले कार्यकताले उपप्रधानमन्त्री गच्छदार र निर्वाचन अधिकृत टिकाभुषण घिमिरे विरुद्ध नाराबाजी गरिरहेका छन्। स्थिति साम्य पार्नका लागि चोक चोकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिए पनि भीड नियन्त्रण भने हुन सकेको छैन्। कांग्रेस सुनसरी सभापती राजिव कोइरालाले पराजित मानसिकताका कारण एमाले नेतृ भगवती चौधरीले कार्यकर्ता उतारेर विरोध पर्दशन गरेको बताए। उनको जनमतको कदर गर्न नसक्ने चौधरीले अराजनैतिक गतिविधि सिर्जना गरेको पनि आरोप छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org , UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments