Incident Reports

Man Arrested on Suspicion of Wife's Murder

2013-07-17

Bardiya/July 17 Police have arrested Krishna Bahadur Ranabhat of Kalika VDC-7 on July 17 on suspicion of wife's murder. Body of his wife Narayani Ranabhat, 46, was found behind their house on July 17 morning. Area Police Office and the District Police Office said that preliminary investigations showed that she might have been murdered. DSP Sandip Bhandari of the DPO said that the deceased's husband was arrested for investigation as signs of murder were seen in the site. According to police, the deceased had bruises all over body and deep head injuries. Locals suspected that Narayani was murdered as beads, bangles and broken sticks were recovered from about 40 meters away from her body. Man Bahadur Chaudhary बर्दिया । ०७० साउन २ गते कालिका गाबिस-७ का कृष्णबहादुर रानाभाटलाई साउन २ गते पत्नीको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरी हिरासतमा राखेको छ । कृष्णबहादुरकी पन्नी ४६ वर्षीया नारायणी रानाभाट आफ्नै घरको पछाडी मृत अबस्थामा साउन २ गते बिहान फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गएको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको हुन सक्ने जनाएको छ । घटनास्थलमा हत्या गरेको संकेत देखिएकोले पतिलाई अनुसन्धानको लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सन्दिप भण्डारीले बताए । प्रहरीले दिएको जानकारी अनुसार मृतकको शरीर भरी कुटपिट गरेको निलडाम र टाउकोमा गहिरो चोट लागेको हुनाले थप अनुसन्धानको लागी पति कृष्णबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ । नारायणीको लास घर देखि पछाडी झण्डै ४० मिटरको दुरीमा मृतकको पोते, काटा, चुरा र भाँचिएका लट्ठीहरू भेटिएकोले पनी घटना हत्या नै भएको हुन सक्ने स्थानीयवासी दलबहादुर सुनारले बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis