Incident Reports

Two workers found dead

2017-12-31

Gandaki, Kaski, Pokhara Lekhnath

Two workers at a construction site of a resort in Sarangkot, Pokhara, were found dead on Sunday. A third man, who was found injured at the scene, was admitted to Manipal Teaching Hospital. Police suspected that the victims might have been attacked, though no suspects had been rounded as of late evening. (PR) पोखरामा मोबाइल चोरलाई गाली गलौज गर्दा दुई जना व्यक्तिको हत्या भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पाेखरा लेखनाथ महानगरपालिका–१८ स्थित निर्माणाधिन साराङ्कोट माउन्टेन रिसोर्टमा आफ्नो मोबाइल चोरी गर्ने व्यक्तिलाई गाली गर्दा १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङ्लाक्पा शेर्पाले ज्यान गुमाउनु परेको हो । अर्का व्यक्ति गम्भीर घाइते छन् । घाइते हुनेमा २७ वर्षीय आङ्दावा शेर्पा छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुले ढुंगा फुटाउने घन टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । यस्तो छ विवाद घटना हुनु ५ दिनअघि मात्र अभियुक्त लिम्बुले मृतक आङ्लाक्पा र घाइते आङ्दावाको मोबाइल चोरी गरेका थिए । तर, केही दिनमै लिम्बुले मोबाइल चोरी गरेको खुल्यो । र, लिम्बुले सबै साथीहरु समक्ष मोबाइल फिर्ता गरे । त्यसपछि निमा, आङ्लाक्पा र आङ्दावाले लिम्बुलाई गालीगलौज गरे । तर, लिम्बुले आफ्नो गल्ती स्वीकार गर्नुको साटो उल्टै हत्याको बाटो रोजे । आफूलाई गाली गलौज गरेपछि रिस थेग्न नसकेर आक्रमण गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् । हत्यापछि लिम्बुले मृतक र घाइतेको मोबाइल लिएर हिँडेका थिए । अनुसन्धानको क्रममा प्रहरीले ती मोबाइलहरुको आइएमइआई नम्बर पत्ता लगायो । जसकाे मद्दतबाट प्रहरीले उनलार्इ पक्राउ गर्‍याे मोबाइलकै मद्दतबाट पक्राउ परे लिम्बु प्रहरीका अनुसार हत्यापछि लिम्बुले मृतक र घाइतेको मोबाइल लिएर हिँडेका थिए । अनुसन्धानको क्रममा प्रहरीले ती मोबाइलहरुको आइएमइआई नम्बर पत्ता लगायो । मोबाइल ट्रेस गर्दा हेटौंडाबाट नयाँ सिम प्रयोग भएको खुल्यो । र, अन्तिम लोकेसन धनकु्टाको छतरजोरपाटीमा देखियो । प्रहरीले कल डिटेल (सीडीआर) चेक गर्दा नयाँ सिमबाट पटकपटक एउटै नम्बरमा सम्पर्क गरिएको खुल्यो । र, सम्पर्क गरिएको व्यक्ति हत्या गर्ने लिम्बुकी श्रीमति भएको प्रहरीले चाल पायाे । श्रीमतिको ठेगाना धनकुटा भएको अनुसन्धानको क्रममा खुलेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीसहितको ४ जनाको टोली धनकुटातर्फ लाग्यो । अन्ततः १ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनकुटाको समन्वयमा घरैबाट लिम्बु पक्राउ परे । उनीमाथि बिहीबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 1
Total Injured 1
National/Online Media , Local Newspaper - Rautahat

0 Comments