Incident Reports

Case Filed Against Husband

2013-07-20

Saptari/July 22 Sabita Devi Yadav, 21, of Nakati Raypur VDC-7 has filed a complaint against her husband Ram Narayan Yadav at District Police Office for injuries her with burning firewood. According to her, Ram Narayan beat her up with burning firewood on July 20 while she was cooking food. She has sustained burn injuries on left cheek and currently undergoing treatment at Sagarmatha Zonal Hospital. She added that they used to have fights over alleged affairs of Ram Narayan. Surendra Khedwar of Women cell at District Police Office said that they would write to Rupani Area Police Office to arrest the accused. Manohar Kumar Pokharel सप्तरी । ०७० साउन ७ गते नकटी रायपुर गाविस-७ की २१ वर्षीया सबितादेवी यादवलाई अगुल्टोले झोस्ने पति रामनारायण यादवमाथि कारबाहीको माग गर्दै पीडित महिलाले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । आफू भान्सामा खाना बनाइरहेको बेला चुल्होबाट अगुल्टो निकाली रामनारायणले साउन ५ गते एक्कासि कुटपिट गरी घाइते बनाएको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छिन् । अगुल्टोले उनको बायाँ गाला जलेर चोट लागेको छ । उनको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । रामनारायणको अन्य स्त्रीसँगको अनैतिक सम्बन्धका बारेमा उनीहरुबीच विवाद हुने गरेको पीडितले बताइन् । आरोपितलाई इलाका प्रहरी कार्यालय रुपनीमार्फ जिल्ला प्रहरी कार्यालयमा झकिाउन पत्राचार गरिने जिल्ला प्रहरी कार्यालयका महिला सेलका असई सुरेन्द्र खेडवारले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis