Incident Reports

Action Demanded against Ostracizing

2013-07-21

Khotang/ July 22 The locals of Baplukha VDC-4 has lodged a complaint against Tenzi Sherpa, Palle Sherpa, Nibu Sherpa, Rinje Sherpa and Phurduki Sherpa at District Police Office on July 21, accusing them of ostracizing Nimsang Sherpa, 60 and Sonam Sherpa, 60, from the village with false allegation. Both the victims were relatives and were forced to leave the village on July 16 by the accused charging them of having an affair. The children and the family of the victims have been living in Kathmandu. The complaint against the accused has been lodged at the District Police Office with the help of the social worker Minika Sherpa and the locals on July 19. Inspector Durga Regmi of District Police Office said that after getting the complaint, they have already directed the local police office of Khotang Bazar to investigate the case. DM Chamling खोटाङ । ०७० साउन ७ गते वाप्लुखा गाविस-४ का ६० वर्षीय निम्साङ शेर्पा र ६० वर्षीया सोनाम शेर्पालाई झुठो आरोप लगाई गाउँ निकाला गरेको आरोपमा तेन्जी शेर्पा, पल्ले शेर्पा, निर्वु शेर्पा, रिङ्जे शेर्पा र फुर्दुकी शेर्पालाई कारबाहीको माग गर्दै स्थानीयवासीहरूले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । नाताले सम्धी-सम्धिनी पर्ने उनिहरूलाई सँगै बसेको देखेपछि अनैतिक सम्बन्ध रहेको आरोप लगाउँदै आरोपितहरूले साउन १ गतेदेखि गाउँ छोड्न दुवैजनालाई दवाव दिई कागजमा सहीछाप गराई गाउँ निकाला गरेका थिए । गाउँ निकालामा परेका दुवैजनाको छोराछोरी र परिवार काठमाडौमा बस्दै आएका छन् । आरोपित व्यक्तिहरूको दवावपछि निम्साङ साउन १ गतेदेखि र सोनाम साउन ३ गतेदेखि गाउँबाट बेपत्ता भएकोको कारण उनीहरूलाई कारबाही गर्न उजुरीमा उल्लेख गरिएको छ । सामाजिक कार्यकर्ता तथा स्थानीयवासी मिनिका शेर्पाको सहयोगमा र गाउँलेले आरोपित व्यक्तिहरूको विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । उनिहरूले राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङमा समेत साउन ४ गते उजुरी दिएका छ्न । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गा रेग्मीले उजुरी पश्चात तत्काल इलाका प्रहरी कार्यालय खोटाङबजारलाई घटनाको छानविन गर्न आदेश दिईएको बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis