Incident Reports

Man Tortured at Police Station

2013-07-16

Madhes, Saptari, Saptakoshi

Banke/July 21 Jhup Bahadur Bishta, 37, of Tikulipur in Kachanapur VDC-7 has claimed that he was tortured by the police at Gabharbhar Police Station on July 16. Speaking with human rights defenders at the office of Advocacy Forum, he requested INSEC and Advocacy Forum for steps for his justice. Bishta informed that he was held at the police station following a dispute with plain clothed police head constable at Agaiya on July 16. He added that his right hand and left leg were tied in single cuff and he was beaten by three/four policemen. According to him, he had taken some alcohol at Agaiya Bazaar and he began dancing at a celebration there during which he accidentally stepped on head constable’s foot. He was taken to the police station following a scuffle where he was beaten in turn by ASI Buddhiram Sharma and others. Bishta has sustained injuries on his eye, lips and bruises on shoulder and thigh. Accepting the beating of Bishta, ASI Sharma said that drunken Bishta had fought with policemen and manhandled them forcing them to arrest him. He added that his juniors beat him but Khatri escaped from their custody during the night. However, witnesses said that Bishta was handed over to the relatives on July 17. Binod Pandey बाँके । ०७० साउन ६ गते कचनापुर गाविस-७ टिकुलीपुरका ३७ वर्षीय झुपबहादुर बिष्टलाई गाभरभार प्रहरी चौकीमा साउन १ गते यातना दिएको खुलासा भएको छ । बिष्टले न्यायको लागि मानवअधिकारकर्मीको सहयोग मागेका छन् । साउन ४ गते एडभोकेशी फोरमको कार्यालय पुगेका पीडितले एडभोकेशी र इन्सेकलाई न्यायको लागि पहल गरिदिन आग्रह गरेका हुन् । साउन १ गते अगैयामा सादा पोशाकका प्रहरी हबल्दारसँग भएको विवादमा अगैया प्रहरीले प्रहरी चौकीमा लगेर रातभर यातना दिएको पीडित विष्टले बताए । उनले दाँया हात र बाँया खुट्टामा एउटै हतकडी लगाएर ३ /४ जना प्रहरीले कुटपिट गरेको बताए । कुसुमबाट काम सकेर फर्किने क्रममा अगैयास्थित बजारमा मदिरा सेवन गरिरहेका विष्ट र पशु उपसेवा केन्द्रका कार्यालय सहायक डम्बर खत्री साउने सङ्क्रान्तिमा नाचगान गरिरहेका स्थानमा हेर्न पुगेका थिए । चिनेका साथीहरूले नाच्न कर गरेपछि नाच्ने क्रममा हवल्दारको खुट्टा टेकिएको विषयमा विवाद बढेपछि सादा पोशाकमा रहेका प्रहरीले कुटपिट गर्दै चौकीमा लगेको पीडित विष्टले बताए । चौकीमा लगेर असई बुद्धीराज शर्मा, हबल्दार र प्रहरी जवानले पालै पालो लाठी, मुक्का लात्ती र बुटले कुटपिट गरेको पीडितले बताए । यातनाबाट उनको एउटा आँखा, दाँत, ओठमा चोट लागेको छ भने कुम, तिघ्रामा निलडाम भएको छ । छातीमा लागेको चोटका कारण खोक्दा खकारमा रगत निस्कने गरेको पीडितले बताए । प्रत्यक्षदर्शी एक महिलाका अनुसार असई शर्माले मदिरा सेवन गरेका थिए । विष्टलाई समातेर कुटपिट गर्दै लगेको प्रत्यक्षदर्शी एक बालकले बताए । गाभरभार चौकीका इन्चार्ज असई शर्माले विष्ट र खत्रीले मादक पदार्थ सेवन गरेर हबल्दारसँग वादविवाद गरेको, खत्रीले सादा पोशाकमा रहेको प्रहरीलाई हातपात गरेकोले आफुले समातेर चौकीमा लैजान भनेको केटाहरूले ल्याएर कुटपिट गरेको बताए । उनले खत्री राति नै भागेको बताए । प्रहरीले विष्टलाई साउन २ गते बिहान आफन्तलाई जिम्मा लगाएका थिए । विष्टलाई रिहा गराउन खत्री चौकीमा पुग्दा प्रहरीले उनलाई पनि हतकडी लगाएर कुटपिट गरी १० पटक कान समातेर उठबस गराए पश्चात कागजमा दस्तखत गराएर दुबैलाई रिहा गरेको खत्रीले बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis