Incident Reports

Furniture businessman shot dead in Rupandehi

2018-01-05

Lumbini, Rupandehi, Devdaha

Two unknown assailants shot and killed a businessman at Dhekar of Devdaha Municipality in Rupandehi district on Friday. According to the police, two unidentified persons came on a Bajaj Discover motorcycle and opened fire at furniture businessman Basant Poudel ‘Ballu’, 40, at around 11 am this morning. Poudel had received bullet injuries to his chest and head and was taken to Butwal-based Lumbini Zonal Hospital where the doctors pronounced him dead. Butwal Area Police Office DSP Pawan Bhattarai informed that they are investigating the incident and are yet to ascertain the identity of the assailants and motive behind the murder. Meanwhile, the locals have urged the security agencies to seriously carry out the investigation regarding the killing of businessman Poudel, who is also a local leader of CPN-UML, if his murder was a politically motivated or regarding some financial dispute. रुपेन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । मृतक नेकपा एमालेको क्षेत्रिय सदस्यको नीलकण्ठ पौडेलको छोरा हुन् । युवा व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ । युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । युवा व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ । युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत बन्दमा ऐक्यबद्धता जनाएका छन् । सुरक्षाको माग गर्दै घटनास्थल देवदहका स्थानीय वासिन्दासमेत बन्दमा उत्रिएका छन् । प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठिक १ वर्ष पछाडि फेरि अर्को युवाको हत्या भएको उनीहरुको दावी छ । दोषिलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने भन्दै पौडेलको शव समेत आफन्तले लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छोडेका छन् । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने अनेरास्ववीयु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो । बन्दका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छन् । चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् । बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत खुलेनन् । बन्दको प्रभाव बुटवल, देवदह, खैरेनी लगायतका स्थानका धेरै परेको छ । एक्कासी आयोजना भएको बन्दका कारण यात्रुहरुले निकै सास्ती व्यहोरेका छन्। गन्तब्यमा पुग्न नपाउँदा सडकमा अलपत्र परेका वृद्ध र बालबालिका सहितका यात्रुलाई प्रहरीले राति १२ बजेपछि स्कटिड. गरेर रुपन्देहीको सिमा कटाएको थियो । बन्द खुलाउन बन्दकर्ता र प्रहरीबीच पटक पटक छलफल भएपनि दोषिलाई पक्राउ नगर्दासम्म बन्द यथाबत राख्ने जीकिर गरेपछि छलफल टुंगोमा पुगेको छैन । रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बन्दकर्ता आवेशमा रहेकाले घटना उत्तेजीत हुन नदिन प्रहरीले बल प्रयोग गर्न नसकेको बताए । व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सबा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी भागेका थिए । घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका छन् । संवेदनशील घटना भन्दै प्रहरीले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान तथा र संघीय इकाइ कार्यालय भैरहवाबाट छुट्छाछुट्टै टोली बनाएर काम थालेको छ । टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्ने छ । Update: बसन्त पौडेललाई गोली हानि हत्या गर्ने शूटर सुवास गुरुङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई मंगलबार पोखराबाटै पक्राउ गरी बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। २१ बर्षीय सुबास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएपनि उनको स्थायी घर भने लम्जुंग बांगे गाउँपालिका ५ भोर्लेटार रहेको प्रहरीले जनाएको छ। पैसाको लोभमा आफुलाई बहुलाई, गोली हानेको सुवासले प्रहरीसंग बताएका छन्। उनले गोली हानेपछि १ लाख समेत बुझेका थिए। गुण्डा नाइके मनोज पुनको समूहले बहुलाई ०७४ पुस २१ गते बसन्तको गोली हानेर हत्या गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms , Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Banke

0 Comments