Incident Reports

Rape Victim Gets Threats for Registering Case | बलात्कार पीडितलाई आरोपित पक्षद्वारा धम्की |

2013-07-21

Sindhupalchok/July 21 A 19-year-old woman has filed a complaint against Nishchal Poudel and Suman Nepal of Ghumang in Maneshwara VDC-9 at District Police Office on July 21 accusing them of threatening her a day earlier. She was threatened for filing a case of rape against her. According to the woman, a relative of the accused, Uddhav Nepal had raped her on July 10. She began getting death threats after she filed an FIR agaisnt Udhhav. The accused rapist remains at large. When contacted about the police reaction on the woman’s complaint on threats, Inspector Kamal Bahadur Bishta of District Police Office said that they had just got the complaint and were planning the response. Natibabu Dhital सिन्धुपाल्चोक । ०७० साउन ६ गते मानेश्वारा गाविस ९ स्थित घुमाङका निश्चल पौड्याल र सुमन नेपालले ०७० साउन ५ गते बलात्कारको उजुरी गरेको आरोपमा सोही ठाउँकी १९ वर्षीया एक महिलालाई ज्यान मार्ने धम्की दिएका छन् । पीडितले धम्कीविरुद्ध ०७० साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिन् । धम्की दिने व्यक्तिका आफन्त उद्धव नेपालले ०७० असार ५ गते धम्की पीडित महिलालाई बलात्कार गरेको आरोपमा उनले ०७० असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । हाडनाता करणी भएको भन्दै उजुरी गरेपछि पीडित महिलालाई मार्ने धम्की दिनथालेको पीडितले बताइन् । बलात्कारका आरोपित भने हालसम्म फरार छन् । पीडित महिलामाथि धम्की आएको घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा उजुरी भखरै आएकाले यसको अनुसन्धान गरिने जानकारी जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर बिष्टले बताए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis