Incident Reports

Publicly Humiliated Woman Displaced, Complaint Filed at NHRC

2013-07-23

Province 1, Morang, Belbari

Morang/July 24 A 35-year-old woman, who was publicly humiliated by the locals, has been displaced from her village on July 23. Citing insecurity to herself and her children, she has taken refuge at her sister's home in Indrapur VDC-3 and has been forced to quit her job at a hotel in Belbari VDC-3. Another victim in the incident, Manoj Bishwakarma, 28, the editor of Fight weekly, has filed a complained at NHRC on July 23 saying they were forced to agree for compromise at the police station. The incident occurred on July 22 when the woman was accused of filing false case of rape on July 21 and the locals smear soot on her and BK's face and garlanded her with shoes. The duo was called for discussion at the premises of local Himalayan Boarding School in Belbari VDC-3 where the incident occurred, a local journalist Narendra Basnet said. BK claimed that the compromise at the police station following the incident was done by him under pressure. Belbari Area Police Office SI Pradeep Pokharel said they would take action if a complaint on the incident is filed. A fact-finding team comprising of INSEC Morang DR and the representatives of WOREC, COCOON and REDEF Nepal has left for the site on July 24. Dipen Neupane मोरङ । ०७० साउन ९ गते स्थानीयद्वारा दुर्व्यवहार गरिएकी गाविस-३ की ३५ वर्षीया माया सार्की असुरक्षाका कारण देखाउँदै साउन ८ गतेदेखि गाउँबाट विस्थापित भएकी छन् । विस्थापितपछि पीडित १२ वर्षीय छोरा र ८ वर्षीय छोरीसहित इन्द्रपुर गाविस-३ त्रिवेणी चोकस्थित दिदी मैयादेवी सार्कीको घरमा आश्रय लिन पुगेकी छन् । बेलबारी गाविस-३ स्थित माधव ढकालको होटलमा काम गर्ने उनी कामबाट वञ्चित भएकी छन् । उनका पति वैदेशिक रोजगारमा गएका छन् । दुर्व्यवहारपीडित बेलबारी गाविस-३ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्माले राष्ट्रिय मानवअधिकार आयोगमा साउन ८ गते उजुरी दिएका छन् । उजुरीमा दुर्व्यवहार गरी प्रहरी कार्यालयमा जबर्जस्ती सहमति गराइएकोले छानविन गरी पाउँ भनी उल्लेख गरेको आयोगका प्रमुख कोषराज न्यौपानेले बताए । घटना साउन ७ गते भएको थियो । उनले र सोही ठाउँकी २५ वर्षीया माया सार्कीलाई प्रहरीमा झूठा उजुरी दिएको आरोपमा स्थानीय महिलाहरुले साउन ७ गते कुटपिट गरी जुत्ता मोसो दलेर दुर्व्यवहार गरेका थिए । पीडितद्वयलाई बेलबारी-३ कै हिमालय बोर्डिङ स्कुल परिसरमा उजुरी दिएका विषयमा छलफल गर्न भेला भएको समूहले कुटपिट र दुर्व्यवहार गरेको स्थानीय पत्रकार नरेन्द्र बस्नेतले बताए । मायाले स्थानीय मिलन भेटुवालले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा साउन ६ गते उजुरी दिएको र उजुरीपछि प्रहरीले भेटुवाललाई गिरफ्तार गरेको थियो । मायाले दिएको उजुरी झूठा ठहर भएपछि भेटुवालसहित भेला भएको गाउँले महिला समूहले मनोज र मायालाई मोसो दलेको र कुटपिट गरेको थियो । पीडित पत्रकार मनोजले इलाका प्रहरी कार्यालय बेलबारीमा दुवै पक्षबीच साउन ७ गते सहमति भएको भए पनि करकापमा भएको बताए । इलाका प्रहरी कार्यालय बेलबारीका सई प्रदीप पोखरेलले उजुरी दिएमा कारबाही गरिने बताए । सो घटनाको अनुगमन गर्न साउन ९ गते अधिकारकर्मीहरुको टोली घटनास्थल हिँडेको छ । अनुगमन टोलीमा इन्सेक जिल्ला प्रतिनिधि दीपेन नेउपाने, ओरेकका जिल्ला संयोजक लेखना कटुवाल, रिडेफ नेपालका अध्यक्ष, कोकोनकी मञ्जिता उपाध्यायलगायत सहभागी छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis