Incident Reports

Cases of child rights violation increasing in Pancthar

2018-01-02

As per Panchthar INSEC, there have been 12 incidents of child rights violation in the year 2017 in Panchthar. There are 2 incidents related to death, 9 rape cases and 1 incident of sexual assault. अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरका अनुसार सन २०१७ मा पाँचथरमा बाल अधिकार हननका १२ ओटा घट्ना भए । यसमा हत्याका २ घट्ना, जवरजस्ती करणका ९ घट्ना र यौन दुराचारको एउटा घट्ना रहेको इन्सेक पाँचथर प्रतिनिधि मंगल बेघाले वताए । तर, इन्सेकले अभिलेखमा उल्लेख नगरेका बाल अधिकार हनन यस्ता थुप्रै घट्नाहरु भएको सरोकारवालाहरु वताउँछन् । पत्रकार लक्ष्मी गौतम भन्छन् “सामाजिक सञ्जालको प्रयोगबाट, फकाएर तथा ठूल्ठुला आश्वासन देखाएर विशेषतः बालिकाको विवाह गर्ने क्रम बढ्दै गएको छ ।” यस्तै सवारी साधन, होटल, निर्माणका कार्य लगायतमा पनि बालबालिकाको प्रयोग निरन्तर बढीरहेको गौतमको ठम्याई छ । अधिवक्ता टीका तिम्सिना बाल विवाहको संख्या निरन्तर बढिरहेको बताउँछन् । यस्तै प्रहरीमा आएका महिला तथा बालबालिका सम्बन्धी मुद्दा प्राथमिकीकरण गरि चाँडो निकासमा नपुग्दा पीडितहरु झनै पीडित बन्दै गएको वताँउछन् । प्रहरी नायव उपरीक्षक बामदेव गौतम पनि बालअधिकार हनन् बढ्दै गएको वताउँछन् । “विशेषतः दोश्रो विवाहका कारण बालबालिका साहराविहीन बन्दै गएका छन्” डिएसपी गौतम भन्छन् “बावु वा आमा विदेशमा हुने, हेरचाह गर्दै गरेका अभिभावकले दोश्रो विवाह गर्नाले बालबालिका साहराविहीन बन्दै गएका छन् । यो एकदमै गम्भिर समस्याको रुपमा बढ्दो छ ।” जिल्ला बाल कल्याण समिति पाँचथरकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई तथा महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्मला दाहाल पनि बाल अधिकार हनन बढ्दै जानु गम्भिर विषय भएको औँल्याउँछन् । इन्सेक पाँचथरले आइतवार आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पूर्वसमीक्षा कार्यक्रमका सहभागीहरुले बालअधिकार हननका घट्ना बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । पूर्वसमीक्षामा इन्सेक प्रतिनिधि बेघाले जिल्लाको मानवअधिकारको अवस्थाबारे आधारपत्र पेश गरेका थिए । बेघाका अनुसार जिल्लामा सबै स्थानीय तहहरुमा न्यायिक समिति निर्माण भई कार्यसम्पादन सुरु भएको छ । सन २०१७ मा नागरिक अधिकार उल्लङ्घनका ६ घट्ना, बालअधिकार हननका १२ घट्ना घटेका छन् । यस्तै महिला अधिकार हननका १५ घट्ना प्रहरीमा दर्ता भएका छन् । महिला अधिकार हननका घट्नाहरुमा हत्याको एउटा घट्ना, जवरजस्ती करणीका २ ओटा घट्ना, बहुविवाहका ९ ओटा घट्ना, घरेलु हिंसाको एउटा घट्ना, बोक्सीको आरोपको एउटा घट्ना र मानव वेचविखनको एउटा घट्ना छन् । घट्ना संख्या कम हुँदै जाँदा मानवअधिकारको अवस्था सुधारोन्मुख देखिएपनि बालिका तथा महिलाले आफन्त, छरछिमेकीले दुव्र्यवहार सहनुपरेको, बलात्कार, अपहरण, शरीर बन्धक, बेचविखन तथा ओसारपसारको शिकार हुनुपरेको, बहुविवाहका घट्ना बढ्दै जानु गम्भिर भएको मानव अधिकार कमीहरुले वताउँछन् ।
Local Newspaper - Panchthar

0 Comments