Incident Reports

Five times more prisoners in Panchthar district prison

2018-01-01

There are 122 prisoners and arrested people in the prison of Panchthar district Prison which only has the capacity of 25 people. Human Rights activists have accused the government side of violating the human rights of prisoners in Panchthar district prison. Due to a lot of prisoners in the prison, there is lack of bed and prisoners have to sleep under the bed. २५ जनाको क्षमता रहेको पाँचथर जिल्ला कारागारमा १ सय २२ जना कैदी र वन्दी रहेका छन् । जसमध्ये ९४ जना कैदी र २६ जना बन्दी छन् । मानव अधिकारकर्मीले भने कारागारको क्षमता भन्दा ५ गुणा बढि कैदी वन्दीहरुलाई कोचा कोच राखेर उनीहरुको मानव अधिकार राज्य पक्षले हनन् गरेको आरोप लगाएका छन् । इन्सेक पाँचथर प्रतिनीधि मंगल बेघाले कारागारमा रहँदा कैदी र वन्दिहरुको मानव अधिकारको सवाललाई सम्बोधन गर्न आवश्यक रहेको बताए । कारागारमा क्षमताभन्दा ५ गुणा बढि कैदीवन्दी राखिएपछि खाटको अभाव भएर खाटमुनी पनि सुत्नु पर्ने अवस्था छ । आधारभूत मानव अधिकारको रुपमा गास,बास,कपासलाई लिएपनि कारागारमा बासकै उचित व्यवस्थान नभएको हो । १० वर्षे जनयुद्ध र २०६२ ०६३ सालमा भएको दोश्रो जनआन्दोलनपछि कारागारलाई गणतान्त्रिक सुधार गृह भनिएपनि कारागारको भौतिक स्थितीमा पटक्कै सुधार नआएको अधिकारकर्मीहरुको आरोप छ । जिल्ला प्रहरी प्रमुख डिएसपी वामदेव गौतमले भने भौतिक संरचनाको अभावले बाध्यताले कारागारको क्षमता भन्दा बढि कैदीवन्दीहरुलाई राख्नु परेको प्रष्टिकरण दिए छ ।
Local Newspaper - Panchthar

0 Comments

Related Reports
Related Trend Analysis