Incident Reports

Two youths injured in khukuri attack

2018-01-06

Gandaki, Tanahun, Byas, Ward 7

Two youths from Byas municipality were injured in khukuri attack in Tanahun. 24 years old Roshan Gurung and 21 years old Subash Gurung were injured in the khukuri attack over a dispute of not giving lift in Motorbike. According to SI Manoj Pandey of DPO Tanahun, the dispute started as Roshan Gurung attacked Suwash Gurung accusing not giving a lift to him. After Roshan attacked Subash then Subash also attacked Roshan with the same Khukuri. मोटरसाइकलमा लिफ्ट नदिएको झोकमा तनहुँमा भएको खुकुरी हानाहानमा २ जना घाइते भएका छन् । तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार भएको खुकुरी हानाहानमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार सुवासले रोशनको साथिलाई मोटरसाइकलमा लिफ्ट नदिएको विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको हो । विवादपछि रोशनले खुकुरी निकालेर सुवासलाई प्रहार गरेको र सुवासले पनि रोशनकै खुकुरी खोसेर उसैमाथि हानेपछि दुवैजना गम्भीर घाइते भएका हुन् । सुवास र रोशन दुवैको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । दुवै जनालाई दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि लगिए पनि सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि मेट्रो सिटी अस्पताल, पोखरा रिफर गरेको छ । एउटै अस्पतालमा उपचार हुँदा फेरि झडप हुने देखेर रोशनको सोही अस्पताल र सुवासलाई मणिपाल शिक्षण अस्पतालमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments