Incident Reports

Man Held for Alleged Sexual Offence

2013-07-21

A complaint was registered at Maharajgunj Area Police Office on July 21 accusing him of giving food contaminated with sedatives to nine women laborers coming from Shivapur VDC for work in his field. It is learnt that the accused was trying to take one of the women on sedative to his room when they were sighted by other women. Some women had complained that Musalman had added sedatives to their food and some of them had fallen ill because of the food. SP Rajendra Dhakal said that a case under Public Offence Act would be filed agaisnt him. Nandaram Paudel कपिलवस्तु । ०७० साउन ५ गते धनकौली गाविस ६ का सनउल्लाह मुसलमान, उनका भाइ अताउल्लाह र काका मकबुल मुसलमानका १७ जना परिवारलाई गाउँलेले रमजानको बेला नमाज पढ्नबाट वञ्चित गर्नुको साथै परिवारका बालबालिकालाई स्कुलवाट समेत निकाली बहिस्कार गरिएको छ । गत वर्ष सनाउल्लाह मुसलमानका छोराको विवाहमा बम्बईबाट ज्वाइँ अब्दुल वासीसँग आएका उनका साथी भारतको सन्तवीरनगर जिल्लाका सलमान खा र सफी महमद मुसलमानको छोरी सायराबीच प्रेम भएको थियो । प्रेम बसेपछि ०६९ चैतमा खाँले सायरालाई भगाएर घर लगेका थिए । सायरा भागेपछि सायराका बाबुले सनाउल्लाह मुसमानलाई जसरी पनि आफ्नी छोरी ल्याइदिनु पर्छ भनी विवाद गरेपछि गाउँले र उनीबीच विवाद रहेको थियो । गाउँका २५ घरमध्ये २२ घर सफी मोहमद मुसलमानको पक्षमा लागेर आफूलाई एक्लै पारिएको र रमजानको बेला नमाज पढ्न नदिएको तथा छोराछोरीहरूलाई स्कुलवाट निकाला गरिएको, गाउँका पसलमा समेत किनबेच गर्न रोक लगाई आफ्ना तीन परिवारलाई सामाजिक बहिस्कार गरेको सनाउल्लाह मुसलमानले गुनासो गरेका छन् । गाउँको मदरशा अरविय अहलेसुन्नम गौसुलबलुम प्राविमा पढ्ने आफ्ना चार जना बालबालिका र आफ्ना भाइ अताउल्लाहका एक छोरा र एक छोरीलाई पनि स्कुलबाट निकाला गरिएको छ । आफूमाथि कुटपिट हुन सक्ने भन्दै गाउँको नजिकको मस्जिदमा आफूहरू नमाज पढ्न नगई घरमै पढ्न बाध्य रहेको उनले बताए । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis