Incident Reports

Locals and representatives padlocked ward office

2018-01-09

Madhes, Saptari, Rajbiraj, Ward 6

The flood survival has padlocked the ward office of Bhisnupur rural municipality-6, Saptari accusing the administration of doing irregularities in relief distribution. The locals have accused the administration has removed the name of the survivors who were receiving the relief from the beginning and adding new names to the list. राहत वितरणमा अनियमितता भएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिका-६ को वडा कार्यालयमा स्थानीयबासीले ताला लगाएका छन्।राहत वितरणमा केही जनप्रतिनिधिले धाँधली गरेको भन्दै बाँकी जनप्रतिनिधि र गाउँलेहरूले ताला लगाएका हुन्। प्रहरी, प्रशासन, दैवीप्रकोप उद्धार समिति, रेडक्रसलगायत जिम्मेवार निकायबाट संकलित नामअनुसार यसअघि राहत पाउँदै आएका व्यक्तिको नाम केरमेट गरी नयाँ नाम थपेर राहत बाँडेपछि उत्पन्न विवादले चर्को रूप लिएको हो। गत साउनको अन्त्यमा आएको बाढीबाट प्रभावित विष्णुपुर गाउँपालिका ५, ६ र ७ का परिवारलाई ललितपुर चापागाउँबाट आएको सांंग्रिला अर्फोनेज होमले गएको आइतबार र सोमबार पाल तथा मेट्रेस वितरण गरेको थियो। गाउँपालिकाका एमालेका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी अशोककुमार यादवले भने, ‘राहत वितरणमा गाउँपालिका अध्यक्ष लिलाम्बर यादव, वडाध्यक्ष बहादुर सदा, वडा सदस्यहरू रामकुमार राय र रीतादेवी सदासहितले भएको नाम केरमेट गरी फरक नाम राखेर एकलौटी गरेका कारण हामीले ताला लगाएका हौं।' तालाबन्दीमा सबैजसो पार्टीका प्रतिनिधि तथा वडा सदस्य शम्भु यादव र रामदेवी रायसमेत संलग्न छन्। वडा सदस्य यादवले भने, ‘राहत पाउनेहरूको नाम हेरफेर गर्ने विषयमा कुनै निर्णय भएको छैन र म वडा सदस्य भए पनि त्यस विषयमा कुनै जानकारी नै दिएको छैन।' राहत पाउने आशामा बसेका पीडितहरूको नाम काटेर केही प्रतिनिधिले नातेदार र आसेपासेको नाम थपेर राहत वितरण गरेकोले आक्रोशित जनताको नेतृत्व गर्दै ताला लगाएको उनले बताए। दैवीप्रकोप उद्धार समितिले उपलब्ध गराएको नामावली लिएर गाउँ पुगेको दातालाई पाँच घण्टा रोक्दै वडाध्यक्षलगायतले फरक नामावली उपलब्ध गराएका थिए। होमका महाप्रबन्धक सुनिल लामा राहत बाँड्न आइतबार बिहानै गाउँ पुगे पनि जनप्रतिनिधिले विवाद गरेपछि उनीहरूकै विश्वासमा संशोधित नामअनुसार दिउँसो दुई बजेदेखि राहत बाँडेर फर्किएको बताए। जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको नाममा वडा.ध्यक्षलगायतले विरोध गर्दै केरमेट र थप गरेर पाँच घण्टापछि दिएको संशोधित नामावलीका आधारमा राहत वितरण गरेर फर्किएको लामाले स्विकारे। अनियमितताको छानबिन गर्न र दोषीलाई कारबाही गर्न स्थानीयबासीले सम्बन्धित स्थानीय प्रशासनसँग माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments