Incident Reports

Trafficked women rescued from Dhading

2018-01-12

Police have rescued 6 women from Dharke of Dhading on Jan 10 from being trafficked. According to the police, they were being taken to Saudi via India by luring them of good jobs in Saudi Arabia. All 6 women have been handed over to Maiti Nepal for counselling while three other men 35 and 30 Prasad Bishwakarma, Suman Panchkote respectively and Sharmila Shankat,37, were remanded in custody for further investigation to the case. साउदी अरब लानका लागि भारततर्फ जाँदै गरिएका छ जना महिलालाई प्रहरीले उद्धार गरिएको छ । प्रक्रिया नै नपुर्याई भारत हुँदै साउदी अरब जान लागेकी ती महिलालाई प्रहरीले धादिङको धार्केबाट बुधबार राति उद्धार गरिएको हो । उद्धार गरिएका महिलालाई आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए । साउदी अरबमा काम लगाइदिने भनेर एकआपसमा चिनजान नै नभएका महिलालाई धार्केसम्म बोलाएर बुटवलका लागि गाडी चढ्न लागेका बेलामा शंका लागेर सोधपुछ गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उद्धार गरिएका महिलासंगै रहेका दाङ घोराहीका ३५ वर्षीय प्रसाद विश्वकर्मा, इलामका ३० वर्षीया सुमन पाँचकोटे र तेह्रथुमका ३७ वर्षीया शर्मिला कुमारी संकटालाई समेत प्रहरीले पक्राउ गरेका छन् । उनीहरु साउदी अरबबाट बिदामा आएको बताएका छन् । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । उद्धार गरिएका छ जना महिलासमेत सबै माइती नेपालको जिम्मामा रहेको माइती नेपालका पदम बस्नेतले टेलिफोनबाट जानकारी दिए । पुरुषलाई महिलाले नचिनेको र छुट्टाछुट्टै गाडीमा धार्के आएर भेट भएपछि बुटवल हुँदै भारत जाने तयारी गरिरहेको अवस्थामा शंका लागेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको र थप अनुसन्धानका लागि माइती नेपालले गौशालास्थित केन्द्रीय कार्यालयमा पठाइएको जनाएको छ ।
National/Online Media

0 Comments