Incident Reports

One arrested with illegal pistol

2018-01-14

Lumbini, Banke, Khajura

Police have arrested a Maoist leader Garibe Sesh,38 in possession of illegal weapons from Khajura rural municipality of Nepalgunj. He was arrested with a pistol and 4 round of bullets. He was arrested while he was trying to sell the pistol for 50,000 Indian Rupees. Police are further investigating the case. प्रहरीले अवैध हतियारको कारोबार गर्दै आएको आरोपमा माओवादी नेतालाई पक्राउ परेको छ । नेपाल प्रहरीको प्रदेश ५ को विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्जको खजुरागाउपालिका- ५ उढरापुरबाट ३८ वर्षीय गरिवे शेषलाई एकथान इटालियन पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो । पक्राउ परेका शेषलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । हतियारको डिल गरी ५० हजार भारु मा विक्रि गरेकोे अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटका ईन्चार्ज रण बहादुर विष्टले हतियार बेच्नका लागि डिल गरिरहेकै बेलामा पक्राउ गरेको स्वीकार गरेका छन् । अबैध हतियारसहित पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेतासमेत हुन् । उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नं ५ को वडाध्यक्षका उमेदवार समेत बनेका थिए ।
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis