Incident Reports

Businessman attacked in Biratnagar

2018-01-19

Province 1, Morang, Biratnagar

A businessman has been physically assaulted by a group of hooligans in Biratnagar. A group of local goons attacked 49-year-old Pashupati Bhagat, a petro and vegetable entrepreneur on Friday night severely injuring him, informed the police. Bhagat was sent to Birat nursing home after he could not be treated at Koshi zonal hospital in Biratnagar. Bhagat has sustained serious injury in different parts of his body due to khukuri attack by the assailants. Bhagat's left knee cap has been cut with the khukuri. Similarly, he has also sustained deep injury on his left hand and back. According to Morang Police chief Arun Kumar BC, Bhagat was attacked by a group under the command of Alish gurung, a local don from Keshaliya road in Biratnagar. Gurung has been impeached in numerous similar acts of extortion, threat, and attack on civilians in the past. But due to political protection, police have not been able to nab Gurung. Police have arrested Gurung's helper, 32-year-old Mohammad Siddiqui of Biratnagar-10 from his hom on Saturday on the charge of attack on Bhagat. Police have also arrested two indian nationals, 22-year-old Ashok Gujarati and 45-year-old Rajesh Gujarati in connection with the attack. Police are further investigating on the incident. विराटनगरका व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि शुक्रबार राति साङ्घातिक आक्रमण भएको छ। पेट्रोलियम एवं सब्जी व्यवसायी भगतमाथि पेशेवार रुपमा गुण्डागर्दीमा संलग्न समूहले आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि राति नै विराट नर्सिङ होममा लगिएको छ। उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु पर्ने बताएका छन्। उनीमाथि शरीरका विभिन्न भागमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। घाइतेको देव्रे घुँडाको हड्डी आधा काटिएको छ। देव्रे हात र ढाडमा पनि खुकुरीले काटेको गहिरो चोट छ। उपचारमा संलग्न बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीपकुमार गुप्ताले घाइतेको अवस्था गम्भीर रहेको बताए। उनले भने ‘घुँडाको हड्डी र शरीरका विभिन्न भागका नशाहरु काटिएका छन्। अत्याधिक रक्तश्राव भएकाले शरीरमा रगतको मात्रा पनि कम हुँदै गएको पाइयो।' भगतको विराटनगर बसपार्कमा अन्नपूर्ण सप्लायर्स पेट्रोल पम्प छ। उनी गुद्रीका आलु, प्याज र लसुनका थोक विक्रेता पनि हुन्। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार गुद्रीमा रहेको सब्जी पसल बन्द गरेर विराटनगर ११ जनपथस्थित घर फर्कने क्रममा राति ८ बजे बाटो ढुकेर बसेका पेशेवर गुण्डा समूहले भगतमाथि आक्रमण गरेको हो। उनका अनुसार शरीरका विभिन्न भागमा खुकुरी, मुक्का र भाटा प्रहार गरिएको छ। प्रहरीले गुण्डा नाइके विराटनगरको केशलिया रोडका एलिश गुरुङको योजनामा घटना भएको जनाएको छ। लामो समयदेखि राजनैतिक छत्रछाँयामा असुली, ठेक्कापट्टा र गुण्डागर्दी गर्दै आएका गुरुङको योजनामा विराटनगरमा यस अघि पनि व्यावसायी, राजनीतिकर्मी र सर्वसाधारणमाथि काटमारका आधा दर्जन बढी घटना भइसकेको प्रहरीले जनाएको छ। तर राजनैतिक संरक्षण र दवावका कारण प्रहरीले उनलाई पक्राउ गरेर कारवाही भने गर्न सकिरहेको थिएन। अहिले काठमाडौंमा रहेका गुरुङको खोजीका लागि विशेष टोली परिचालन गरिसकिएको एसपी बिसीले बताए। ‘व्यवसायीमाथि भएको पछिल्लो आक्रमणको योजना बनाएर गुरुङ काठमाडौं गएको पाइयो,' घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘उनका सहयोगीहरुले रातको समय पारेर व्यवसायीमाथि साङघातिक आक्रमण गरेछन्।' उनका अनुसार व्यवसायी एवं सर्वसाधारणमाथि धम्क्याउने, थर्काउने, तर्साउने र असुली गर्ने धन्दामा १० वर्ष भन्दा अघिदेखि गुरुङको संलग्नता छ। वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाको नेत्रृत्वमा पुगेको प्रहरी टोलीले घटनामा संलग्न विराटनगर १० का ३२ वर्षीय मोहम्मद सिद्धिकीलाई शनिबार बिहान २ बजे घरैबाट पक्राउ गरेको छ। घटनामा संलग्न भएको आशंकामा अन्य दुई भारतीय नागरिक पनि पक्राउ परेका छन्। भारत कटियारका २२ वर्षीय अशोक गुजराती र ४५ वर्षीय राजेश गुजरातीलाई पनि पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। शंकास्पद केही व्यक्तिको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ। डीएसपी सिटौलाले भने, ‘घटनामा भारतीय गुण्डाहरुको पनि संलग्नता रहेको आशंका छ। केही भारतीयलाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ।' सिद्धिकी गुण्डागर्दी पृष्ठभूमी भएका गुरुङको सहयोगीका रुपमा लामो समयदेखि परिचालित रहेको प्रहरीले जनाएको छ। कुनै घटना गराउनु परेमा गुरुङले त्यसको योजना बनाउने र सिद्धिकीको नेतृत्वमा घटना गराउने गरिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। सिद्धिकीमाथि प्रहरीले यस अघि नै आधा दर्जन जति सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाएर कारवाही गरिसकेको छ। यस अघि भएका अन्य धेरै अपराधीक घटनामा पनि उनको संलग्नता रहेका कारण प्रहरीले कारवाही गरिसकेको डीएसपी सिटौलाले बताए। भने, ‘धेरै घटनामा त उनी फरार बनेर प्रहरीको आँखा छल्न सफल भइसकेका रहेछन्।' गुण्डागर्दीका माध्यमबाट अपराधलाई पेसा बनाएकाहरुले व्यवसायीमाथि आक्रमण गरेको जानकारी प्रहरीले दिएको छ। व्यवसायी भगतले को २३ प १०६२ नम्बरको स्कुटरमा घर जाँदै गर्दा सिद्धिकीको नेत्रृत्वमा जनपथ उच्च मावि अगाडि बाटो ढुकेर बसेको समूहले राति आक्रमण गरेको बताए। ‘सुरुमा टाउकोमा खुकुरी प्रहार गरियो। हेल्मेट लगाएका कारण टाउको बच्यो ,' उनले भने, ‘टाउकोमा कुनै पनि चोट लाग्न पाएन। मार्ने हिसावले आक्रमण गरेका हुन्।' हेल्मेटमा १५ पटक भन्दा बढी खुकुरी प्रहार गरेको भगतले बताए। खुकुरी प्रहारबाट पूरै काटिएको हेल्मेट प्रहरी नियन्त्रणमा छ। घटनामा संलग्न सिद्धिकीलाई आफूले प्रष्ट चिनेको उनले बताए। ‘सुरुमा लात्ताले हानेर स्कुटर लडाएपछि निरन्तर टाउको र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरिरहे,' भगतले भने, ‘छेक्ने हुँदा हात पनि काट्यो।' सुनको बाला लगाएका कारण हात छिन्नबाट बचेको उनको भनाइ छ। कुखुरी प्रहारबाट सुनको बाला भने काटिएर चुँडिएको भगतले बताए। भने, ‘आधा घण्टा जति खुकुरी, लात्ता, मुक्का र भाटाले प्रहार गरिरहे। त्यसपछि थाहा नपाएर बेहोस भएछु।' सिद्धिकी चिनेको मान्छे भएकाले आक्रमण नगर्नका लागि पटक पटक आग्रह गर्दा उनीहरु झन आक्रमणक भएर उत्रिएको उनले बताए। मोरङको कर्सियामा रहेको दुई बिगाहा जग्गा विक्री गरेको विषयमा आफूमाथि गुरुङले बारम्बार धम्की दिइरहेको उनले बताए। ‘मैले विराटनगरकै व्यवसायीलाई आफ्नो जग्गा बिक्री गरेको थिएँ,' भगतले भने, ‘पारिवारिक सल्लाह नगरिकन जग्गा बेचेको भन्दै मेरै छोरो विवेकले जग्गा फिर्ताको माग राखेर जिल्ला अदालत मोरङमा मुद्धा हालेको थियो।' छोराले हालेको त्यही मुद्धा फिर्ता लिएर जग्गा किन्नेवालालाई सहज वातावरण बनाइदिनु पर्ने दवाव दिंदै गुरुङले आफूलाई बारम्बार धम्की दिइरहेको उनले बताए। मुद्धा अहिले विचाराधीन छ। ‘तीन सातादेखि फोनमा र भेटेर नै मुद्धा फिर्ता लिनुपर्ने दवाव दिंदै विभिन्न धम्की दिइरहेका थिए,' भगतले भने, ‘फिर्ता नलिए जेपनि गरिदिने र ज्यानै लिनेसम्मको धम्की दिंदै आएका थिए।' मुद्धा फिर्ताको विषयमा दवाव दिंदै गुण्डाहरु लिएर आउँदै गुरुङ र सिद्धिकीले आफूलाई बारम्बार भेटेर धम्की समेत दिएको उनले बताए। मुद्धा फिर्ता नलिने हो भने आफूहरु जुनसुकै कदम पनि चाल्न बाध्य हुने धम्की साताअघि फोनमार्फत दिएर गुरुङ काठमाडौं हिँडेको भगतले बताए। भने, ‘गुरुङले पावर देखाउनु पर्‍यो भने त्यतिबेला हामीलाई नभन्नु भन्ने धम्की पनि दिए।' भगतका परिवारले गुरुङ र सिद्धिकीविरुद्ध ज्यान मार्ने उद्योगमा कारवाही अघि बढाउन माग गर्दै प्रहरीमा जाहेरी दिएको छ। परिवारले घटनाको सत्यतथ्य छानविन गरेर वास्तविकता पत्ता लगाउँदै दोषीमाथि हदैसम्मको कडा कारवाही हुनुपर्ने माग गरेको छ। व्यवसायीमाथि आक्रमणको घटना भए लगत्तै प्रहरीले विराटनगरमा फेरी गुण्डागर्दी सुरु भएको निष्कर्ष निकालेको छ। प्रहरीको कडाई र सक्रियतासँगै केही समयदेखि साम्य बनेको गुण्डागर्दी पछिल्लो समय फेरी सुरु भएको निष्कर्ष प्रहरीले निकालेको छ। ‘विराटनगरमा गुण्डाहरुको चलखेल बढेको पाइयो,' एसपी बिसीले भने, ‘गुण्डागर्दी निमिट्यान्न पार्न प्रहरी अघि बढेको छ।' उनले गुण्डागर्दीका नाममा हुने जुनसुकै आतंकलाई पनि नछाडिने र गुण्डागर्दीमा संलग्नमाथि कारवाही गरिने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal , Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments