Incident Reports

Two girls rescued from Krishnanagar

2018-01-25

Lumbini, Kapilbastu, Krishnanagar

Two girls of aged 12 and 16 were rescued from the check post of Krishnanagar from being trafficked in India on January 25. They were rescued in a coordination between Area Police Office of Krishnanagar and Peace Reestablishment House of Kapilbastu. Coordinator Bhumi Raj Bhattarai of rehabilitation House said that they were being lured for a better job in Kathmandu and were being trafficked in India. The rescued girls were handed over to their family on the same day according to Bhattarai. विभिन्न प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएका १२ र १६ वर्षीया बालिकालाई शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको पहल र इलाका प्रहरी कर्यालय कृष्णनगरको सक्रियतामा ०७४ माघ ११ गते कृष्णनगर सीमा नाकाबाट उद्धार गरेको शान्ति पुनर्स्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । पीडित बालिकाहरूलाई काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी विचौलियाले सीमा नाका कटाउन लागेको संयोजक भट्टर्राईको आरोप छ । विचौलियाले ती बालिकाहरूलाई शिवराज नपा-१ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन विहानै कृष्णनगर पुर्‍याएको बालिकाले बताएका थिए । सीमा निगरानीमा खटिएका शान्ति पुनर्स्थापना गृहका कर्मचारीले शङ्का लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्याएको थियो । सोधपुछका क्रममा उनीहरू विचौलियाको फन्दामा परेको जानकारी भएपछि प्रहरीको सहयोगमा उद्धार गरिएको भट्टराईले बताए । उद्धार गरिएका दुवै जना बालिकालाई ०७४ माघ ११ गते परिवारको जिम्मा लगाई घर फिर्ता गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक भट्टराईले जानकारी दिएका छन ।

0 Comments