Incident Reports

Father arrested for son's inter-caste marriage

2018-01-28

Lumbini, Bardiya, Badhaiyatal, Ward 9

Police arrested Krishna Bahadur Sunar of Badaiyatal-9 after his son Sanjay Sunar's inter-caste marriage. According to Krishna Bahadur Sunar's wife Maya Sunar, 19 yo Sanjay and 18 yo Susma tied knots after which police arrested her husband. She accused the girl's side of pressurizing the police to do so.However, the police have stated that Sunar was aware that the couple was a minor still he refused to tell their age,thus, the police had to put him in custody for interrogation. The couple fled to India after getting married on January 24. छोराले अन्तरजातीय विहे गरेकै कारण बर्दियामा एक दलित परिवार प्रहरी थुनामा परेको छ। छोराले अन्तरजातीय विवाह गरेपछि ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले बढैयाताल गाउँपालिका ९ मुनालबस्तीका किष्णबहादुर सुनारलाई नियन्त्रणमा लिएर थुनामा राखेको हो। १९ बर्षीय छोरा संजय सुनारले स्थानीय १८ बर्षीय सुष्मा पाण्डेलाई भगाएर विवाह गरेपछि प्रहरीले बुवालाई थुनामा राखेको हो। प्रेम विवाह गरेर केटाकेटी भागेपछि केटाका बुवालाई प्रहरीले शुक्रबार थुनेको बताइएको छ। केटी पक्षको दबाबमा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र मल्लले बुवालाई थुनामा राख्न लगाएको सञ्जयका आमा माया सुनारले बताइन्। कुनै उजुरी र दोष नभएपनि अन्तरजातीय विवाह गरेकै कारण प्रहरीले आफ्ना पतिलाई थुनामा राखेको उनले दुखेसो पोखिन। संजय सुनार र सुष्मा पाण्डेले माघ ७ गते भागेर विहे गरेका थिए। उनीहरु माघ ७ गते नै भागेर भारत गएका थिए। प्रहरी चौकी मौनापोखरका प्रहरी निरीक्षक मल्लले केटाकेटीको उमेर सोधपुछ गर्दा बुवाले उमेर नबताएपछि उपचार गर्न थुनामा राखिएको बताए। केटाकेटीको उमेर कम भएपनि थाहा पाउँदा पाउँदै केटाका बुवाले बताउन नचाँहेको र उमेर सोध्दा अलि आक्रोशित भएर बोलेपछि थुनामा राखिएको उनको भनाई छ। आइतबार विहान १० बजे केटा पक्षले केटाकेटी ल्याउने सहमति गरेकोले यो विषयमा थप छलफल हुने प्रहरीले बताएको छ। प्रहरीको भनाईमा केटाकेटीको विवाह गर्न उमेर पुगेको छैन्। सुनार र पाण्डेले गएको जेठ २४ गते पनि भागी विहे गरेका थिए। त्यतिबेला प्रहरीमा आफन्तले केटाकेटी बुझ्ने सहमति भएको थियो।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis