Incident Reports

One injured in explosion

2018-01-18

Province 1, Morang, Gramthan, Ward 4

One person has been injured after a bomb was exploded in Gramtham Rural Municipality in Morang district on January 18. Ek Raj Rokka,18, son of Durga Bahadur Roka of Gramthan-6 Kheriyatol was injured in the explosion. He sustained injuries on his face and mouth and is receiving treatment at Noble Medical College. SP Arun Kumar BC of DPO said that the bomb was a handmade bomb and two different bombs were recovered from the same place which was disposed of. According to the police the bomb was found in the field and it was exploded when Eek raj attempted to open it. SP BC said that the bomb was powerful and it was abandoned in the mustard field. मोरङको ग्रामथान गाउँपालिकामा माघ ४ गते वम विष्फोट हुँदा एक जना घाइते भएका छन । ग्रामथान-६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतमा बेवारिसे वम विष्फोट हुँदा उनका १८ वर्षीय छोरा एकराज रोक्का घाइते भएका हुन् । घाइतेको अनुहार र मुखमा चोट लागेको र दुई ओटा दाँत भाँचिएकोले उनको उपचार विराटनगर स्थित नोबेल मेडिकल कलेजमा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुणकुमार बिसीले हातले बनाइएको वम विष्फोट भएको जानकारी दिए । उनका अनुसार सो स्थानमा यस्तै अन्य दुई ओटा बट्टा वम समेत फेला परेकोले डिस्पोज गरिएको छ । प्रहरीका अनुसार खेतमा तोरी उखेल्दै गर्दा एकराजले टिनको बट्टामा टेपले बाँधेको अवस्थामा शङ्कास्पद वस्तु फेला पारेका थिए । बट्टामा बाँधेको वस्तु खोलेर हेर्न खोज्दा विष्फोट भएको हो । एकराजसँगै अन्य चार जना पनि तोरी उखेल्ने काम गरिरहेका भएपनि अन्यलाई कुनै क्षति नभएको समेत एसपी विसीले बताए । ‘मानिसहरुको आवतजावत नहुने एकान्त ठाउँमा रहेको खेतमा लगेर बम राखिएको पाइयो ।’-एसपी बिसीले भने-‘डिब्बा बम भए पनि शक्तिशाली विष्फोट भएको पाइयो ।’ यो बम छुने वित्तिकै विष्फोट हुने प्रकृतिको रहेको प्रहरीले जनाएको छ । इन्दिरा भट्टराई

0 Comments

Related Reports
Related Trend Analysis