Incident Reports

No translation available.

2018-01-31

सानु साह (नाम परिवर्तन)लाई एक साताअघि संकटमोचन मन्दिर पछाडि तीन युवाले दुव्र्यवहार गरे। कलेज जाँदै गर्दा मोटरसाइकलमा आएका युवाले हात समाएर उनीमाथि दुव्र्यवहार गरेका थिए। कक्षा ११ मा अध्ययनरत उनी उक्त घटनापछि विद्यालय जान डराएकी छन्। घरबाहिर जान पनि उनलाई भाइको सहारा चाहिने भएको छ। २५ वर्षीया स्मृति श्रेष्ठ (नाम परिवर्तन)ले दुव्र्यवहार भोग्नुपर्‍यो। आइतबार साँझ बिरामी भेट्न जनकपुर अञ्चल अस्पताल जाँदै गर्दा पिडारी चोकनजिकै केही युवाले अश्लील शब्द प्रयोग गरी उनलाई जिस्क्याए। उनी प्रतिवादमा उत्रिइन्। ती युवा झनै नजिक आएर दुव्र्यवहार गर्न थालेपछि उनी चुपचाप रिक्सा चढेर गइन्। दुव्र्र्यवहारबाट सञ्चारकर्मी पनि अछुतो छैनन्। ‘जानकी रेडियो’मा कार्यरत नेहा झाको कार्यालय र घरबीचको पैदल दूरी करिब आधा घन्टाको छ। रेडियोमा काम सकेर घर फर्किंदा साँझ पर्छ। बाटोमा धेरै पटक दुव्र्यवहार भोग्नुपरेको उनले सुनाइन्। ‘कहिले कसैले लुगामा कमेन्ट गर्ने त कहिले अश्लील गीत गाउँदै जिस्क्याएर आजित भएकी छु’, उनले भनिन्, ‘रातिको समय बाँझ्नुभन्दा चुपचाप आफ्नो बाटो हिँड्ने गर्छु।’ सानु, स्मृति र नेहा त प्रतिनिधि पात्र मात्र हुन्। शीतलहरले दिउँसै अँध्यारो हुने जनकपुरका सडक र गल्लीमा महिलाले आपूmलाई असुरक्षित ठानिरहेका छन्। महिला अधिकार सरोकार समूहकी संयोजक उर्मिला यादव किशोरी र महिलामाथि दुव्र्यवहारका घटना बढ्दै गए पनि कसैले उजुरी वा विरोध नगर्दा प्र श्रय पाइरहेको बताउँछिन्। भन्छिन्, ‘यस्ता दुव्र्यवहारको विरोध गर्नुको साटो इज्जत जाने डरले अभिभावकबाट पनि यस्तो घटना लुकाउने गरिएको छ।’ कक्षा ११ मा अध्ययनरत सानु दुव्र्यवहारको घटनापछि विद्यालय जान डराएकी छन्। घरबाहिर जान पनि भाइको सहारा चाहिन्छ। कलेज वा स्कुल पढ्ने किशोरीलाई दुव्र्यवहारका विषयमा खुलेर बोल्न गाह्रो रहेको सञ्चारकर्मी वन्दना नायकको ठम्याइ छ। ‘एक त छोरीहरूलाई घरपरिवारमा विश्वास बनाउन गाह्रो छ’, उनी भन्छिन्, ‘यस्तोमा आफूमाथि भएको दुव्र्यवहारको कुरा गर्दा उल्टै परिवारबाट पढाइलेखाइ बन्द गराएर घरमा बसाउने हुन् कि भन्ने डर हुन्छ। अधिकांश घटनामा पीडित चुपचाप सहेर बस्न बाध्य हुने गर्छन्।’ पिडारी चोक, संकटमोचन मन्दिर छेउछाउ, रामानन्द चोकदेखि आँखा अस्पताल क्षेत्र, विश्वकर्मा चोकदेखि एयरपोर्टसम्मका सडकमा महिलामाथि दूव्र्यवहार भइरहेकामा प्रहरी–प्रशासन पनि बेखबर छैन। जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंह उद्दण्ड युवाले बिहान–साँझ छोरीचेलीलाई सुनसान बाटोमा जिस्क्याउने र यौनजन्य दुव्र्यवहार गर्ने गरेको स्वीकार गर्छन्। प्रहरी यसविरुद्ध कारबाहीका लागि उजुरीको पर्खाइमा देखिएको छ। यद्यपि, सञ्चार क्षेत्रबाट दबाब आएपछि टोली खटाएर यस्ता गतिविधि नियन्त्रणमा लागेको उनी सुनाउँछन्।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis