Incident Reports

Article on Domestic violence- पतिबाटै असुरक्षित ।

2018-01-31

Bagmati, Kathmandu, Kageshwori Manahora

40 year old Shanti from Jhapa Birtamod died in a beating by her husband. 23-year-old Dinesh Gahataraj attacked his pregnant wife with a wooden plank in a suspect that she had an illicit relationship with other guy. 55-year-old Ishwor Danuwar from Arjundhara killed his wife Domini by hitting her with wooden plank. Seeing the last month incident we can see that the women are more vulnerable to domestic violence. Women are feeling insecure from their husband. According to the police investigation, the incident like women killing in more due to the infuence of alcohol. In the above mentioned reports also alcohol was the main factor or cause for their murder. In general the couples have fight under the influence of alcohol which leads to bigger incident. पुस २२ गते झापा बिर्तामोड ९ का ४६ वर्षीय देवान टुडुको निर्घात कुटाइबाट ४० वर्षीया पत्नी शान्तिको मृत्यु । अर्जुनधारा १ का २३ वर्षीय दिनेश गहतराजले माघ ७ गते १५ दिनकी सुत्केरी पत्नी योनिता लिम्बूलाई दाउ प्रहार गरेर हत्या गरे । पत्नीको परपुरुष सम्बन्धको आशंकामा उनले हत्या गरेका थिए । अर्जुनधारा ५ को पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया पत्नी दोमनीलाई चिर्पटले हानेर हत्या गरे । महिनायता घटेका यी तीन हत्या घटनाले रक्षाकवच ठानिएका पतिबाटै महिला कति असुरक्षित छन् भन्ने प्रस्ट हुन्छ । झापाको पछिल्लो हत्या शृङ्खलाले पुरुषहरू महिलाका रक्षाकवच कम र ‘सत्रु’ बढी देखिएको छ । ‘सुरक्षाको सबैभन्दा दरिलो पात्र ठानिने पतिबाटै मारिनु साहै्र गम्भीर विषय हो,’ अधिवक्ता लक्ष्मी खनाल भन्छिन्, ‘पछिल्लो घटना प्रवृत्तिले महिला पतिबाटै ज्यादा असुरक्षित महसुस गरिरहेको देखिन्छ ।’ प्रहरी अनुसन्धानबाट के खुलेको छ भने अधिकांश महिला हत्या र हिंसाका घटनाको मुख्य जड रक्सी हो । माथि उल्लिखित तीनवटै घटनाको पछाडि रक्सी नै थियो । अधिकांश घटना हेर्दा के देखिन्छ भने पति रक्सी पिएर आउने । त्यही बहानामा सामान्य विवाद हुने । त्यही विवादले पछि गम्भीर दुर्घटनाको रूप लिने गरेको छ । प्रहरी बिर्तामोडका अनुसन्धान अधिकृत इन्स्पेक्टर ज्ञानबहादुर विष्टले भने, ‘वैदेशिक रोजगारी, परस्त्री सम्बन्धलगायत अन्य घरायसी कारणले पनि महिला हिंसा बढेका छन् ।’ वैदेशिक रोजगारीले पारिवारिक बिग्रह ल्याउन र हिंसात्मक घटना गराउन ठूलो भूमिका खेलेको छ । आरम्भमा पति, पत्नीबीच असमझदारी बढदै जाने र कालान्तरमा हत्याको अवस्थासम्म पुग्ने गरेको प्रहरीले विभिन्न समयमा गरेका अनुसन्धानबाट पुष्टि भएको छ । विदेशमा पति भएका पत्नीको परपुरुष सम्बन्ध र विदेशमा पत्नी भएका महिलाको स्त्रीगमन प्रवृत्तिका कारणसमेत महिला हिंसा र हत्यासम्मका घटना निम्तिएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरीका अनुसार साउनयता तीन कर्तव्य ज्यानको मुद्दा दर्ता भएका छन् । सोही अवधिमा महिला हिंसाका २३ उजुरी परेको थियो । २० मिलापत्र भए । ३ मुद्दा अझै विचाराधीन रहेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जनाए । इलाका प्रहरी बिर्तामोडमा गत साउनमा १० वटा बलत्कारका मुद्दा दर्ता भएको थियो । अधिवक्ता खनालले झापामा महिला हिंसाका घटना दैनिक बढिरहे पनि सम्बन्धित निकायसम्म पीडित पुग्नै नसक्ने समस्या बताइन् । उनका अनुसार प्रहरीमा पुगेका पनि दबाबमा मिलाउने गरिएको छ । खनालका अनुसार अधिकांश मुद्दा पति–पत्नीबीचको विवादका छन् । कतिपय जबर्जस्ती करणीका पनि छन् । खनाल भन्छिन्, ‘महिला हिंसाका घटना कम हुनुको साटो फरक शैलीमा बढिरहेको देखिन्छ ।’
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis